पाँचथरमा अनुमतिपत्र प्राप्त विज्ञान शिक्षक अभाव, राज्य वा जिशिकाले सोच्नु पर्ने
पाँचथर, ३ माघ । विज्ञान विषय शिक्षण गर्ने शिक्षकसँग अनुमतिपत्र नहुँदा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।
फिदिम स्रोत केन्द्रका स्रोत व्यक्ति विनोदकुमार ठाकुरले भन्नुभयो, “विज्ञान विषय नै लिएर अध्ययन गरेका शिक्षकहरुसित अनुमतिपत्र नभएका कारणले सो विषय शिक्षण गर्ने शिक्षकको समस्या देखिएको हो, अब अनुमतिपत्र नभएका शिक्षकलाई नियुक्ति गर्ने प्रावधान नभएकाले पनि यो समस्या निम्तिएको हो ।”
जिल्लाका सामुदायिक विद्यालयका माध्यमिक तथा निम्न माध्यमिक तह गरी झन्डै दुई दर्जनभन्दा बढी विज्ञान विषय शिक्षकको कोटा रिक्त रहेको जिल्ला शिक्षा कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले भन्नुभयो, “यसलाई अब शिक्षक सेवा आयोग तथा शिक्षा मन्त्रालयले नै एक किसिमको निर्णय गर्नुपर्ने देखिन्छ, कि त अस्थायी अनुमतिपत्रको व्यवस्था गरेर ती शिक्षकको पदपूर्ति गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ, यसले विद्यार्थीको पठनपाठनमा नराम्ररी प्रभाव पारेको छ ।”
नेपाल शिक्षक युनियन पाँचथरका अध्यक्ष रुपनारायण जवेगुले भन्नुभयो, “शैक्षिकसत्र २०७१ बाट नै विज्ञान विषय शिक्षण गर्ने शिक्षकको अभावमा नौ महिना समस्या बित्न लाग्यो, अब यसबारेमा कि त राज्य कि त जिल्ला शिक्षा कार्यालय पाँचथरले नै विकल्प लिएर अघि बढ्नुपर्दछ, नत्र लाखौं विद्यार्थीको भविष्य बर्बाद पार्न मिल्दैन ।”
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया