आगलागीबाट २५ लाखको क्षति
इनेप्लिज
२०७१ माघ ३ गते ५:५४ मा प्रकाशित
लहान, ३ माघ । सिरहाको मिर्चैया नगरपालिकास्थित एक कपडा पसलमा गएराति विद्युत् चुहिएर आगलागी हुँदा रु २५ लाखबराबरको क्षति भएको छ ।
मिर्चैया नगरपालिका–५ स्थित सञ्जय साहको राहुल ट्रेडर्स एण्ड रेडिमेट सेन्टर कपडा पसलमा आगलागी हुँदा पसलमा रहेको लत्ताकपडा, नगदलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
राति करिब २ बजेतिर सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले एक घन्टापश्चात् नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया