आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०४:१०
वासिङटन डिसी 18:25

हत्याका अभियुक्त आमा पक्राउ

इनेप्लिज २०७१ माघ ३ गते ३:०६ मा प्रकाशित

राजविराज, ३ माघ । करिब दुई हप्ताअघि आफ्नै तीन छोराछोरीको हत्या गरी फरार भएकी भनिएकी एक आमालाई शुक्रबार सप्तरी प्रहरीले सुनसरीको हरिपुर गाविस–१ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेरहौता गाविस–३ की  कुडी भनिने सजनीदेवी सदा रहेको  प्रहरीले जनाएको छ । उनलाई करिब दुई हप्ताअघि बैरवा गाविसस्थित सप्तकोसी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा आफ्ना तीन छोराछोरीको हत्या गरी फालेको अभियोग लगाइएको छ ।

अभियुक्त कमजोर देखिएकाले इलाका प्रहरी कार्यालय कञ्चनपुरको निगरानीमा राखेर ठेलियामास्थित धर्मेश्वर अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया