नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर -समवेदना
नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर कार्यसमिती का सदस्य,नेपाल विद्यार्थी संघ का केन्द्रिय सदस्य एबम युबा समाजसेवी श्री बिष्णु हरी भण्डारीको असामयिक र अप्रत्यासित निधनको खबरले हामी सबै स्तब्ध र मर्माहत भएका छौं । नेपालको प्रजातान्रिक आन्दोलनका योद्धा एबम विद्यार्थी नेता स्व.बिष्णुहरी भण्डारी प्रती हार्दिक श्रद्धान्जली सहित दिबंगत आत्माको चिर शान्तीको कामना गर्दछौं ।
भर्जिनियाको उड्ब्रिज मा बस्दै आउनुभएका प्रजातान्त्रबादी तथा समाजसेवी स्वर्गिय बिष्णुहरी भण्डारीको देहावसानले नेपाली कांग्रेस र नेपाली जनसंपर्क समितिले एक असल र कुसल कार्यकर्ता गुमाएको मात्रै नभएर अमेरिका स्थित सम्पूर्ण नेपाली समुदायले एउटा सकृय समाजसेवी पनि गुमाएको छ ।
स्व.भण्डारीको निधनबाट उहाँकी श्रीमती, स-साना नानीहरु, नेपालमा रहनुभएका बुवा,आमा, आफन्त र शोकाकुल सम्पूर्णमा हार्दिक समवेदना सहित् यस् अकल्पनिय घटना बाट पुग्न गएको अपूरणिय क्षति प्रती गहिरो दु:ख प्रकट गर्दै सबैमा शोक सहन् गर्ने शक्ती प्राप्त होस् भनी श्री परमेश्वरसँग प्रार्थना गर्दछौं ।
सभापति
राम शरण हुमागाई
तथा
नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया