सुविधासम्पन्न वृद्धाश्रम बन्ने
इनेप्लिज
२०७१ माघ ३ गते २:३२ मा प्रकाशित
भद्रपुर, ३ माघ । असहाय वृद्धवृद्धाका लागि झापाको बिर्तामोड नगरपालिका–९ स्थित विराट पोखरको दक्षिणतर्फ सुविधासम्पन्न भरत विश्रान्ति आश्रम निर्माण हुने भएको छ ।
वृद्धाश्रमका लागि नेपाली काँग्रेसका स्व नेता सिके प्रसाईंकी श्रीमती गिरिराजले आठ लाख रुपैयाँ प्रतिकठ्ठा मूल्य पर्ने एक बिघा १७ कठ्ठा निःशुल्क उपलब्ध गराएको आश्रमका सदस्य लयप्रसाद सङ्ग्रौलाले जानकारी दिनुभयो ।
आश्रम निर्माणका लागि समाजसेवी हर्कलाल गिरीको संयोजकमा बनेको समितिले १०० जनालाई आजीवन सदस्य पनि बनाइसकेको तिनले जनही रु एक लाख प्रदान गरेको बताइएको छ । करिब ८० देखि १०० वृद्धवृद्धा रहने सो आश्रममा बगैंचा, स्वास्थ्य चौकीलगायत पनि रहने छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया