भूकम्प सुरक्षा दिवस मनाईयो

इनेप्लिज २०७१ माघ २ गते ८:१४ मा प्रकाशित

भद्रपुर, २ माघ । सत्रौँ भूकम्प सुरक्षा दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखा र भद्रपुर नगरपालिकाले संयुक्त रुपमा आज यहाँ एक कार्यक्रमको आयोजना भयो ।

भूकम्पबाट जोगिन विभिन्न किसिमको चेतनामूलक सन्देशको प्लेकार्ड बोकेर शाखाको परिसरबाट निस्किएको र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरी नगरपालिकाको सभाहलमा सभामा परिणत भयो ।

कार्यक्रममा विश्वका हाइटी, इटली, पाकिस्तान र भारतजस्ता देशमा भएका १० वटा महाभूकम्पको वृत्तचित्र देखाएर सहभागीलाई भूकम्पप्रति सचेत गराइएको थियो ।

भूकम्पबाट हुने जनधनको क्षति, शारीरिक अपाङ्गता, मानसिक पीडा र भौतिक सम्पत्तिको क्षतिले मानवलाई पर्ने तत्कालीन र दीर्घकालीन असरबारेमा वृत्तचित्रबाट जानकारी गराइएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भूकम्पले मानिसको जीवनमा आइपर्ने समस्याबाट जोगिन भवन निर्माण गर्दा सोच पु¥याएर घर निर्माण गर्नुपर्ने उल्लेख गर्नु भयो  ।

भूकम्प सुरक्षा दिवसका अवसरमा पुस १६ देखि माघ १५ सम्म विभिन्न कार्यक्रम गरी भूकम्पसम्बन्धी सचेतना कार्यक्रम भइरहेको जानकारी गराइयो ।

प्रतिक्रिया