बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक

इनेप्लिज २०७१ माघ २ गते ६:२४ मा प्रकाशित

 

Karl Marks Bimochan

लन्डन, १५ जनवरी सम्वाददाता

लन्डन निवासी कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक गरिएको छ । कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल मार्क्सको लन्डनमा अवस्थित समाधिस्थलबाट कथाकारले उक्त पुस्तक सार्वजानिक गरेका हुन् ।

सङ्ग्रहका कथाहरु विदेशी भूमिमा रहेका नेपालीहरुको वरिपरि घुमेका छन् । माओवादी जनयुद्धका क्रममा विस्थापित भएका, विदेश पलायन नेता तथा कार्यकर्ताहरुका कथा ब्यथालाई मुख्यरुपमा उठाईएको छ ।

उक्त सङ्ग्रमा केही यौन मनोवैज्ञानिक र यथार्थवादी कथा छन् । ति कथाले नेपाली डायोस्पोरामा देखिएको परिवार विघटन, विचलन जस्ता पेचिला समस्याका बारेमा सचेत गराएको छ । तेह्रवटा कथा रहेको उक्त सङ्ग्रहलाई शब्दार्थ प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो । लामो समयदेखि डायोस्पोराबाट नेपाली साहित्यमा कलम चलाउँदै आएका बजगाईंको यो पाँचौं कृति हो ।

comrade vauju book cover

प्रतिक्रिया