युनियनले राखेको माग २६ गतेसम्म पुरा नभए भरतपुर अस्पतालमा आन्दोलन

इनेप्लिज २०७३ भदौ २० गते २०:३४ मा प्रकाशित

भरतपुर, २० भदौं । अस्पताल विकास समिति कर्मचारी युनियन भरतपुर अस्पतालले ६ बुदेँ माग सहित भरतपुर अस्पतालाई ७ दिने अल्टिमेट दिउको छ । विभिन्न ६ बुदेँ माग राख्दै भरतपुर अस्पताललाई ध्यानर्कषण गराउदै आफ्ना माग तत्काल पुरा नभएर यहि भदौ २६ गते आन्दोलन गर्ने निर्णय गरेको युनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठले जानकारी दिए ।

युनियनले नेपाल सरकारले तोके वमोजिम विकास समिति अनर््गत सबे कर्मचारीको समान तलब हुनुपर्ने, स्थायी भई ५ बर्ष पुरा भएका कर्मचारीको स्तउन्नती गर्नुपर्ने, स्थायि प्रक्रियामा रहेको सबैलाई स्थायि गर्नु पर्ने, ज्यालादारीमा काम गरेका कर्मचारीलाई कार्य मुल्याङ्गकन गरी करारमा लैजाने, अनिवार्य रुपमा युनियनसँग सरसल्लाह गरि काम गर्ने र पटक–पटक गरि युनियनसगँ भएका सम्झौता पुरा गर्नुपर्ने ६ बुदेँ ममाग राखेको छ । भने आफ्ना मागलाई वेवास्ता गरिएर आउने परिमाणको भागीदारी अस्पताल प्शासन हुने उनले चेतावनी समेत दिएका छन् । उनीहरुले राखेको माग जिल्ला प्रशासन चितवनसहित विभिन्न ७ निकाय बोदार्ध समेत पठाईएको छ ।

प्रतिक्रिया