अटवामा एन आर एन को तीज कार्येक्रम

इनेप्लिज २०७३ भदौ १९ गते १९:५७ मा प्रकाशित

IMG_3901

अटवा

एन आर एन क्यानडाले गत बर्ष झैं यस बर्ष पनि क्यानडाको राजधानी अटवामा नेपाली महिलाहरुको पवित्र हरितालिका तीज पर्वलार्इ सेप्टेम्वर ३ तारिक शनिवारका दिन भव्यरुपमा मनायो । आआफ्ना घरबाट पकाएर ल्याएका खिर. लट्टे, पुलाउ , आलुचना ,आलुतामा विभिन्न प्रकारका अचार जस्ता विविध नेपाली परिकारहरु खाएर तीज पर्व मनाए। नेपाल भन्दा हजारौंमाइल टाढा रहेर पनि नेपाली कला संस्कृति र परंपरालार्इ एक पुस्ताबाट अर्को पुस्ता सम्म पुर्याउने अवशरका रुपमा मात्रसिमित नभइ यस्ता कार्यक्रमहरुले व्यस्त जीवनका तनाबहरुलार्इ अन्त्य गरेर मनोरंजन,एवं खुशि प्रदान गर्नुका साथै दुख र पिडालार्इ भुलाउने मन्चको रुपमा तीज पर्व रहेको कुरा सहभागीहरु बताउँछन्।

IMG_3938

प्रदेशको सागरमा छरिएका हामीहरु एक पटक एकै मन्चमा भेला भएर आ आफुले पकाएर ल्याएका विभिद व्यन्जनहरु खाने, नाच्ने गाँउने र रमाउने अवशर जुटाइ दिएको मा सहभागिहरुले एनआरएन क्यानडा प्रति आभार प्रकट गरे । कुनै भय लज्जा र हिनताबाट उन्मुक्त भएर आफ्ना कला प्रदर्षण गर्न पाउने यो अमुल्य अवशर हो ।यसले एक आपसमा आत्मियता बढाउँछ एक सहभागिले बताइन । नेपालबाट छोरा बुहारी भेट्न आएका आमाबाहरु पनि तीज कार्यक्रममा सरिक भएर आफुहरुले मनोरंजन लिएको कुरा बताए । हामीलार्इ त नेपाल छोडे पछी यस प्रकारका नाचगान देख्न पाइएला भन्ने लागेकै थिएन भन्दै खुशि व्यक्त गरे। कार्यक्रममा स्थानिय नेपाली संघ संस्था नेपाल एम्वेसीका परिवारहरु र अटवामा बशोवास गर्ने नेपाली महिलाहरुको व्यापक सहभागिता रहेको थियो।

IMG_3941

 महिलाहरुका नाचगानमा पुरुषहरुले पनि सरिकभएर हौशला प्रदान गरेका थिए । १६० रिडो स्ट्रिट र शार्लेट स्ट्रिटको कर्नरमा भएको उक्त कार्यक्रमलार्इ सफल बनाउन चिजु गौतम, सुचिता दवाडी, मिना शर्मा र तारा उप्रेतीले संयजनमा सहयोग पुर्याउनु भएको थियो । अपरान्ह ४बजे शुरुभएको कार्यक्रम ११ बजे सम्म संचालनन भएको थियो ।

IMG_3915

प्रतिक्रिया