चलचित्र उमंगको हिन्दू बौद्ध मुस्लिम शिख क्रीस्चियन लिरिक्स गित भिडियो सर्बाजनिक
इनेप्लिज
२०७३ भदौ १७ गते ८:१४ मा प्रकाशित
काठमाडौं : बहु प्रतिक्षित नेपाली यथार्थ परक नेपाली चलचित्र उमंगको हिन्दू बौद्ध मुस्लिम शिख क्रीस्चियन लिरिक्सगित भिडियो सार्वजनिक भएको छ l यहि आउदो कार्तिक १२ गते प्रदर्शनको तयारिमा रहेको उक्त चलचित्रको ७५%छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ l थुप्रै चलचित्रमाकोरियोग्राफर र मुख्य सहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रलेमनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ ।
छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्र उमंगले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाई सकेको छ ।चलचित्रमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी , राम थापा, उमेशकुमार के .सी , लगायतको अभिनय रहेको छ ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीतअर्जुन पोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा VFX अक्कि शर्मा को रहेकोछ । रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशको दुख कष्टभोगेको र सोही बिषय बस्तु लाइ चलचित्र को कथा बनाएका कुमार बि.सी. नै चलचित्रका निर्माता हुन । चलचित्र नामनै उमंग रहेको हुदा नेपाली हरुको महान चाड तिहारको मौका पारेर कार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदै छ ।चलचित्र उमंगको हिन्दू बौद्ध मुस्लिम शिख क्रीस्चियन लिरिक्स गित भिडियो हेर्नुहोस l
प्रतिक्रिया