काठमाडौं (कस) । यतिवेला तीजले नेपाली महिलालाई छोइसकेको छ । तीजको रौनक बढेको छ । तीज सम्बन्धि विविध कार्यक्रमहरु भइरहेका छन् । तीजका गीतहरुले यतीवेला शहर बजार र गाउँसबै तिर चर्चा पाइरहेका छन् । तीजको अवसर पारेर यसपालीको तीजमा धेरै गायक गायिकाहरुले तीज सम्बन्धि गीत पनि बजारमा ल्याएका छन् । यसै मेसोमा गायिका आशा शाहीले ‘नाचौ झुमेर, फनफनि घुमेर….’ ल्याएको गीतले अहिले चर्चा पाइरहेको छ ।
पवि घिमिरेको शब्द, राजेशकुमार श्रेष्ठको संगीत रहेको यो गीतमा अनु शाह, दीपक कोइराला, बसन्ती रावललगायतका कलाकारहरुले कम्मर मर्काएका छन् । उमंग शाहीको छायाँकन, सागर लामा(पेम्बा)को निर्देशन रहेको भिडियोलाई विनोद श्रेष्ठले सम्पादन गरेका छन् । थुप्रै गीत गाएर स्रोताको मन मस्तिकमा बसन सफल आशाले थुप्रै आधुनिक तथा लोकगीत गाएकी छन् । उनले तीजको अवसर पारेर प्रत्येक वर्ष तीज गीत पनि निकाल्दै आएकी छन् । विगतका वर्षका तीज गीत जस्तै यो वर्षको तीज गीतलाई पनि दर्शक÷स्रोताले आफूलाई मन पराएको उनी दाबी गर्छिन ।
प्रतिक्रिया