हिन्दु नारीहरुको महान पर्ब हरितालीका तीजको यहाँहरु सबैलाई अग्रिम शुभकामना ब्यक्त गर्न चाहन्छौ । हरेक साल जस्तै बर्ष पनि कृएटिभ नेपाल युथ अर्गनाईजेसनले ” तीजको रमाइलो २०७३ ” आयोजना गर्ने भएको छ l
इस्ट बे मा रहनु हुने दिदि बहिनीहरुको सक्रियतामा हुने उक्त तीज उत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुति ,राफल चिठा साथै डिजे पनि गरिने भएको छ l महिलाहरुको बिशेष पर्व तिजलाई भव्यताको साथमा मनाउन शशी प्रसाईको संयोजकतत्वमा ३१ सदस्य तीज आयोजक समिति गठन गरिएको छ l
उक्त समितिमा यस क्षेत्रका अत्यन्तै क्रियाशील महिलाहरुको बिशेष पहलमा तीजलाई अपार सफलता बनाउन समिति अहोरात्र काम गरि रहेका छन् l समितिमा क्रमस :१) शशी प्रसाई २) बबिता सिटौला ३) अन्जना भुजेल ४) बिजया सुबेदी ५) प्रतिमा दुलाल ६)लक्ष्मी भण्डारी ७)ग्रिश्मा अमात्य ८) अलिमा शर्मा ९) प्रतिमा गुरुङ १०) अन्जु आचार्य ११) निर्मला कार्की १२) लता प्रधान १३) स्रदा थापा १४)सरिता न्यौपाने १५) गंगा भण्डारी १६) शान्ति राई १७) छिरिंग शेर्पा १८) दुर्गा दाहाल १९) रजनी दाहाल २०) अम्बिका बस्याल २१) दुर्गा सिटौला २२) रेनु लम्साल २३) लक्ष्मी गुरुङ २४) किरण सिवाकोटी २५) पूजा शर्मा २६) आशा कार्की २७) सम्झना चौलागाई २८ ) मनोहरा थापा २९) प्रतिभा सुब्बा ३०) शान्ति बर्तौला तथा प्रिती सुब्बा रहनु भएको छ l
तसर्थ यहाँहरु सबैलाई निम्न स्थान र समयमा उपस्थित भई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ |
मिति :- २७ अगस्ट २०१६ (शनिबार )
स्थान :- ७००७ मोजर लेन ,एल सिरिटो (एल सिरिटो कम्युनिटी सेन्टर )
समय :- साँझ ६:३० देखि १० बजे सम्म
टिकट :- $२० ( तीजको दर सहित )
धन्यवाद ,
पुण्य कार्की
महासचिब
प्रतिक्रिया