काठमाडौं । ‘मिस वर्ल्ड नेपाल १९९७’की सेकेन्ड रनर अफ बिजेता चाँदनी श्रेष्ठ इन्डोनेशियाका राजाद्वारा सम्मानित भएकी छन् ।
फेसन र ब्यवासाय र समाज सेवामा पुगाएको योगदानको कदर गर्दै उनलाई त्यहाँका राजाले ‘डि राजा नोसनतारा एम्बेसडर अवार्ड’सम्मान प्रदान गरेका हुन् । सम्मान समारोहमा उनले सक्सेसफुल बिजेश लेडी अवार्ड समेत प्राप्त गरेकी छन् ।
सन् १९९९ मा फेमिना बुटिकबाट फेसन ब्यवसाय सुरु गरेकी श्रेष्ठले २००५मा दि राइमण्ड सप संचालमा ल्याइन् । त्यसपछि केही ब्यवसाय गरेकी उनले २०१६ मा उनले फेरी अर्काे ब्यवसाय राइमण्ड होम संचालमा ल्याएकी छन् ।
राष्ट्रपती बिद्यादेवी भण्डारीबाट ‘विजनेश अवार्ड २०१६ ’बाट सम्मानित भएकी श्रेष्ठले यसै बर्ष नव नारी म्यागजिनले प्रदान गर्ने ‘वुमन अफ द इयर २०१६’ समेत पा्रप्त गरेकी छन् ।
चन्डोल बिशाल नगर काठमाडौकी स्थानीय बासिन्दा श्रेष्ठ गतवर्ष गएको भूकम्पपछि पीडितको सेवामा निरन्तर लागी पर्ने नेपाली मध्येकी एक हुन् । उनको समाजसेवा र फेसन र बिजेनमा रुची रहँदै आएको छ ।
प्रतिक्रिया