ANF कतार बाट नेपालका बाडी पिडितलाइ राहात संकलन जारि !!!

इनेप्लिज २०७३ भदौ १ गते ०:५७ मा प्रकाशित

news1

माहामुद कार्की, दोहा कतार-विगत केही साता अघि लगातार वर्षाका कारण नेपालको विभिन्न जिल्लाहरु डुवानमा अस्तव्यस्त बनेपछि पिडितहरुलाई राहत दिलाउन एसोसिएसन अफ नोभेल फेमेलिज ( नविन परिवार संघ ) नामक संस्थाले तत्काल सहयोगका लागि अपिल जारी गरेको थियो फलत कतारबाट शुरु गरेको बाढी पिडित राहत संकलन

news2

अभियान एक सातामा कतारको विभिन्न स्थानमा राहत संकलन गरेको छ ।
अभियानले एक सातामा ८९६० कतारी रियल अर्थात नेपाली रकम (२६२०००) दुई लाख बैसट्ठी हजार भन्दा बढी रकम संकलन गरेको अध्यक्ष जनाब माहमुद कार्कीले जानकारी गराएका छन् । कतारको विभिन्न स्थानहरुमा एसोसिएसन अफ नोभेल फेमेलिज ( नविन परिवार संघ ) पदाधिकारीहरु सहित सँस्थाका सचिब जनाब इब्राहिम मियाको विशेष पहलमा हमद वोमन हस्पिटल एडमिनको समूह बाट राम्रो रकम संकलन गर्न हामी सफल भएको सँस्थाका महासचिव युसुफ थापा र सम्रक्षक् इन्जिनियर मोहम्मद अईयुब हकले बताउनुभयो l साथै अन्तर्राष्ट्रिय नेपाली समाज दोहा-कतार (नयाँ शक्ति) का पदाधिकारी , अभियन्ताहरुले पनि राम्रो सहयोग गरेका छन् एसोसिएसन अफ नोभेल फेमेलिजका विभिन्न पदाधिकारीहरुले पनि यो राहत अभियानमा ठोलो आर्थिक मदत गरेका छन् ।

WhatsApp-Image-20160814

साँस्थाले राहत संकलन अभियानमा सहयोग गर्न सम्पुर्ण व्यापारी, बुद्धिजिवी, समाज सेवी , नागरिक समाज तथा समाजिक संघ–संस्थालाई अपिल समेत गरेको छ । देशमा बाढी पिडितलाई सरकारले उपेक्षा गरिरहेको आरोप लाग्दै आएको बेलामा जनस्तरबाट अहिले राहतको लागि एसोसिएसन अफ नोभेल फेमेलिज ( नविन परिवार संघ) संस्थाले राहत अभियान चलाएको छ । अभियानको क्रम जारि छ l साथै यो संस्थाले चाडै बाढी पिदिथारुलाई लत्ताकपडा लगायतका सामग्रीहरु समेत थप सहयोग संस्थाका अध्यक्ष माहमुद कार्कीले बताए । सँस्थाका प्रथम उपाध्यक्ष सुरज पन्तले यो मानव परोपकारी काममा हाम्रो अभियानमा साथदिने सम्पूर्ण सहयोगी मन र हातहरुलाई धन्यवाद दिदै कृतज्ञताको प्रकट गरेका छन् l राहत वितरण धेरै बाढी प्रभावित क्षेत्रमा जिल्ला प्रशासनको सहयोगमा वितरण गर्ने साथै सो राहत वितरण गर्नका लागि सँस्थाका सचिव जनाब इब्राहिम मिया आफै त्यहाँ पुग्ने बताए l

news3

प्रतिक्रिया