मन्ट्रियल अगष्ट ६ २०१६ का दिन गैर आवाशिय नेपालीहरुको सँगठन एनआरएन क्यानडाको नवौं साधारण सभा क्यानडाको यूरोप भनेर चिनिने मन्टि्रयल शहरमा भव्यरुपमा सम्पन्न भयो । कार्यक्रममाका प्रमुख अतिथि क्यानडा र क्यूवाकालागि नेपाली राजदूत महामहिम राजदुत कालिप्रसाद पोख्रेले पानसमा बत्तीवालि कार्यक्रमको समुत्घाटन गर्नुभयो । पन्चकन्या द्धारा श्वागत गरिएको उक्त कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष तुलसी साप्कोटाले अतिथिहरुलार्इ खादा लगाएर श्वागत गर्नु भयो ।
एनआरएन क्यानडाका सल्लाहकार मुगा राजभन्डारीले उपस्थित सबै पाहुनाहरुलार्इ नेपालीहरुका घर घरमा अतिथि भएर बस्ने व्यवस्था गरिएको र यदी कोही छुट्नु भएको भएमा वहाँहरुलार्इ आतिथ्य स्विकार गर्न अनुरोध गर्दै श्वागत गर्नु भयो । श्वागतकैक्रममा प्रतिनिधिहरुले आ आफ्नो जिम्मेवारीलार्इ कडाइका साथ पालना गर्न र सहयोग आवश्यक परै जतिखेर पनि आफु उपलब्ध भएको जानकारी गराउनु भयो । पद ग्रहण गर्ने र अरुलार्इ पनि काम गर्न नदिने प्रवृतिको श्री राजभन्डारीले विरोध गर्नु भयो । त्यस्तै गरी स्थानिय संस्था एएनक्यूका अध्यक्ष युवराज भण्डारीले पनि सबै पाहुनाहरुलार्इ श्वागत गर्नु भयो । किनोट स्पिकरको मन्तव्य राख्दै हनरेरी कन्सुलर जनरल डा कुन्जर मणी सर्माले यो मन्ट्रियल भनेको ऐतिहाँसिक शहर र यहाँका नेपालीहरुको शौहाद्र शिष्ट एकता र पाहुनालार्इ श्वागत गर्ने कला अन्यत्रका नेपाली समुदायले पनि अनुकरण गर्न योग्य भएको कुरा राख्नु भयो ।
अर्का अतिथि वक्ता एनआरएनका सल्लाहकार तथा एनआरएन क्यानडाका पूर्व अध्यक्ष नवराज गुरुङले आगामी अगष्ट २७मा अमेरिकाको न्यूजर्सीमा हुने क्षेत्रिय सम्मेलनलार्इ सबै सहभागी हुन अनुरोध गर्दै एनआरएनले गरेका भूकम्पमा सहयोग पुन निर्माणमा लाप्राकका हजार घरहरुबारेमा हाल सम्म भएका गतिविधिहरु खुल्ला विश्वविधालय आदिको बारेमा प्रकाश पार्नु भयो । प्रमुख अतिथि राजदूत श्री कालिप्रसाद पोख्रेलले एन आर एन सदस्यहरुले एक पटक एनआरएनको परिचय पत्र लिए पछी आठ बर्ष सम्म नेपाल बस्न भिषा लिनु नपर्ने । नेपालका विभिन्न ठाउँहरुमा जग्गाको क्षेत्रफल तोकि किन बेच गर्न अधिकार दिएको १५लाख सम्म नेपाल भित्र्याउँदा कर तिर्नु नपर्ने अनेक सुविधाहरु नेपाल सरकारले व्यवस्था गरेको कुरा जानकारी गराउनु भयो ।क्यानडा हुरेक नेपालीहरुले आफ्नो क्षेत्रका सांसदहरु सँग नेपालको विकाशलागि पहल गर्न अनुरोध गर्ने हो भने यसले ठूलो योगदान पुग्ने बताउनु भयो । मनितोवा हाइड्रो र अरु थुप्रै कम्पनीहरु संग नेपालमा लगानी गर्न दूतावासले पहल गरेको कुरा जानकारी गराउनु भयो । भाषा र साहित्यमा एन आर एनले पहल गरे नेपाली भाषालार्इ अन्तर्राष्टि्ूयकरण गर्न सकिने कुरा राख्नु भयो ।
कार्यक्रमका महिला कमिटी संयोजक प्रमिला बस्नेतले नेपालमा पाठेघर खस्ने महिलाहरुको करुण चित्र पस्तुत गर्दै सोको लागि महिनाको एक एक डलर संकलन योजना शुरुगरेको र हाल सम्म१५ सय भन्दा बढी संकलन भएको कुरा बताउनु भयो । का्र्यक्रम स्थालमै केहि नेपालीहरुले उक्त कार्यको सराहना गर्दै सहयोग उपलब्ध गर्नु भयो । त्यस्तै एनआरएनका उपाध्क्ष तथा नेपाली भाषा साहित्य र प्रकाशन समितिका संयोजक सुरेन उप्रेतीले नेपालीभाषा रहेमा मात्र नेपालीहरुको पहिचान रहन्छ । भाषा मात्र भावना विनिमय गर्ने साधन नभइ कला संस्कृति साहित्य परंपरा थुप्रै गाडधनहरु भाषा भित्र लुकेर रहेका हुन्छन । भाषालोप हुनु भनेको सबै सम्पती लोपहुनु हो भन्नु भयो । भाषा भनेको पुलहो जसले एउटा पूस्ताबाट अर्को पुस्तामा सबै सम्पति पुर्याउने गर्दछ । यसै कुरालार्इ मध्य नजरगरी यस समितिले क्यानडा भर रहेका नेपाली भाषाका कक्षाहरुलार्इ पाठ्यक्रम र पाठ्यपुस्तक ल्याउन लागेको कुरा राख्नु भयो । क्यानडा भरीबाट २२ जनाको समितिबनाइ लेखन कार्य भै रहेको प्रकाश पार्नु भयो । त्यस्तै सेवा संचार योजनाका बारेमा माधव गजुरेलले प्रकाश पार्नु भयो । नेपालका स्कुलहरुमा सेनिटरी एड प्याकेज जस्ता योजना ल्याएर गाँउहरुमा पुग्दा बल्ल एनआरएनको बारेमा थाहा पाएको कुरा गाउलेहरुले बताएको कुरा बताउनु भयो ।
कार्यक्रममा एनआरएनले गरेका हाल सम्मका गतिविधीहरु र आगामी योजनाहरुका बारेमा महासचिव सुमन लम्सालले प्रकाश पार्नु भएको थियो । नेपालीहरुको जनगणना लिने । मेण्टर सिप कार्यक्रम सन्चालन गर्ने नेपाली विधालयलार्इ पाठ्य पुस्तक लेखन गर्ने । नेपाली व्यवशाइहरुलार्इ प्रमोसनका लागि पहल गर्ने । नेपाली संघसंस्थाहरुलार्इ सहभागिता र संस्थागत सद्स्य बनाउने ।
सदस्यता वितरणला्र्इ तिब्र बनाउने जस्ता योजना रहेको प्रकाश पार्नु भयो ।सम्मेलनलार्इ सफल बनाउन सहयो गर्नु हुने सहयोग दाताहरुको सहयोग राशी र नाम पढेर उपाध्यक्ष तथा संम्मेलका संयोजक दिपक श्रेष्ठले सुनाउनु भयो । संम्मेलन सम्पन्न गर्न विभिन्न क्षेत्रमा सहयोग पुर्याउनु हुने सबैको उच्च मुल्याड्डन गर्दै धन्यवाद दिनुभयो। बिभिन्न संघ संस्थाका तर्फबाट सुभकामना मन्तव्य दिनेहुरुमा गोपीकृष्ण काफ्ले अनुप सुवेदी भवी न्यौपाने आदिले आआफ्नो संस्थाको बारेमा प्रकाश पार्दै शुभकामना दिनु भयो । एनआरएाको विधान र संशोधन प्रस्तावलार्इ प्रवक्ता किस्मत भन्डारीले प्रस्तुत गर्नुभयो ।एनआरएनको अध्यक्षले पुन अध्यक्ष पदमा उठ्नु परे पुन साधारण सदस्यहरुबाटै चुनावलडेर आउनु पर्ने । आइ सीसी मेम्वरले नै अन्तर्राष्ट्रिय संघ संस्था संग समन्वय गर्ने हुनाले अन्तर्राष्ट्रय कोअर्डिनेटको पद छुट्टै आवश्यक नरहेकोले हटाइएको ।साधारण सदस्यता शुल्क क्यानेडियन १० डलर बाट १५ डलर कायम गरिएयो । महिला कोअर्डिनट तथा यूथ कोअर्डिनेटको व्यवस्था गर्ने ।त्यस्तै गरी श्री भणडारीले प्रश्नोत्र कार्यक्रम संचालन र मन्ट्रियल डिक्लारेशन पढेर सुनाउनु भयो । सोका लागि बेदनिधी गौतम र तेज सुवेदीले सहयोग गर्नु भएको थियो । एनआरएन क्यानडालार्इ यस अबस्थामा ल्याउन सहयोग गर्नु हुने सबै सदस्यहरु शुभचिन्तक संघ सस्थाहरुलार्इ अध्यक्ष तुलसी साप्कोटाले धन्यवाद दिनुभयो । यो युग भनेको मिडियाको युग भएकोले मिडिया कर्मीहरुले सहि र सत्य सन्देश मात्र प्रवाह गर्नु पर्ने । गलत र भ्रामक सन्देश दिंदा मिडियाकै गरिमा र विश्वार घट्नुका साथ स्वयंसेवक भइ काम गरिरहेका सामाजिक अगुवाहरुको मनोवन घट्ने कुरा बताउनु भयो । यो विदेश भुमीमा सबै नेपालीहरु आग्रह पूर्वाग्रहलार्इ त्यागी एक भएर काम गर्नुको विकल्प नरहेको कुरा बताउनु भयो। क्यानढाखवर डटकमका गोक्ण लामिछानेले कार्यक्रमलार्इ प्रत्यक्ष प्रसारण गर्नु भएको थियो ।
तीन चरणमा सम्पन्न सम्मेलनमा पहिलो चरणको सन्चालन रेश्मा दहाल तथा लता खनाल द्धयले आकर्षन ढंगले गरेका थिए भने दोश्रो र तेश्रो चरणकोकार्यक्रम महासचिव सुमन लम्सालले गर्नु भयो। कार्यक्रमको मध्यान्तरमा चिया खाजाको र अन्त्यमा डिनरको व्यवसथा गरिएको थियो । कार्यक्रम पश्चात टोरन्टो तथा मन्ट्रियलका कलाकारहरुले अविश्वरणिय नृत्य प्रस्तुत गरेका थिए । ऋषी श्रेष्ठ द्वारा आकर्षित ढंगले संचालित साँस्कृतिक कार्यक्रममा सामुहिक नृत्य गर्न सबै सहभागी भएका थिए।
प्रतिक्रिया