सुर्य चन्द काठमाडौँ: नेपालको फेशन संसारको दुनियामा सधै अग्रणी अनि चिर परिचित नाम हो तृष्णा गुरुङ, बिगत सात बर्ष देखि फेशन डिजाइनर तथा इभेन्ट अर्गानाइजरको रुपमा काम गर्दै आएकी तृष्णा चर्चित फेशन डिजाइनर तथा सबैको रोजाइमा पर्न सफल भएकी एक क्रियटिभ डिजाइनर हुन l नवलपरासी कावासोती स्थायी घर भएकी गुरुङ काठमाडौँ सामाखुसीमा बस्दै अहिले पानीपोखरीस्थित मृगतृष्णा नामक बुटिक सञ्चालन गर्दै आएकी छिन ।बागबजार स्थित आइइसी फेशन हाउसबाट फेसन डिजाइन कोर्समा डिप्लोमा गरेकी तृष्णा अहिले युवा पुस्ताको सर्बाधिक रोजाइमा परेकी फेशन डिजाइनर हुन् । नेपालमा मात्र नभएर नेपाल बाहिर अमेरिका, इजराइल, हंगकंग, सिंगापुर, युके, थाइल्याण्ड, इन्डिया, फिलिपिन्स र यूरोपमा समेत अहिले उनको माग बढ्दो छ l
अहिले सम्म दुइ दर्जन भन्दा बेसी सफल फेशन सो हरुको आयोजना गरि सकेकी फेशन डिजाइनर तृष्णा गुरुङले फेशन सो संगै मिस गुरुङ इन्टरनेशनल , डिजाइन अफ द इयर, ग्याल्म स्टार लगायतको इभेन्टहरु पनि आयोजना गर्दै आएकी छिन l नेपाली चलचित्र, म्युजिक भिडियो, सेलिब्रेटी, ब्यबसायी, गृहणी तथा फेशनमा रमाउन चाहने सबैको रोजाइमा परेकी तृष्णा प्राय जसो सधै ब्यस्त रहन्छिन l २०१३ उत्कृष्ट डिजाइनरको अवार्ड समेत जित्न सफल तृष्णा आफैमा एक सफल डिजाइनर हुन l आफ्नो काम संग संगै समाजसेवामा समेत आफुलाइ अगाडी बढाउदै गरेकी तृष्णाले भुकम्प पिडित देखि लिएर विभिन्न अनाथ आश्रम सम्म आफै गएर सहयोग समेत गरेकी छिन l सरल शालीन तथा सधै हासेर बोल्ने स्वभाब भएकी तृष्णा हेर्दा पनि आफैमा आकर्षक व्यक्तित्वको धनि छिन l सधै ब्यस्त रहने तृष्णा एक प्रश्नमा हास्दै भन्छिन व्यस्तताले गर्दा तृष्णाको प्यास मेटाउने राजकुमार नै भेटेको छैन , उनि थप्छिन क्यारियर बनाउन तर्फ लागे अन्य कुरा सोच्ने फुर्सदनै भएन l आफु लाइ फेसनको दुनियामा सधै अग्रणी तथा कुशल डिजाइनरको रुपमा स्थापित गराउन सफल तृष्णा भन्छिन जहा मेहनत र परिश्रम छ त्यहि सफलता पनि छ, आफुले पनि त्यहि मेहनत परिश्रम र राम्रो कामको कारणले गर्दानै सबैको माया पाउन र मन जित्न सफल भएको कुरा उनि बताउछिन l विमानचालक बनाउने आमा शुभद्राको इच्छा भए पनि तृष्णा फेसन डिजाइनिङलाई नै मुख्य पेसा बनाइन् । उनले भनिन घर परिवार र ममीको इच्छा भनेको पाइलट बनाउने हो तर म फेशन डिजाइनर बनेँ । सबै कुरा सोचे जस्तो हुन्न, आफुले रोजेको बाटोमा अनि काममा सफल हुन पाउदा उनि अहिले खुसि पनि छिन र घर परिवार ममी लगायत सबै खुसि नै छन अनि सबैको आशिर्बाद, माया साथ र सहयोगले गर्दा नै आफुलाई तृष्णा भनेर चिनाउन सफल भएकोमा उनि दङ्ग छिन ।
प्रतिक्रिया