न्यू योर्क, साउन ६ गते — नवोदित नेपाली गायीका श्वेता पुँजाली चार वर्षको बैंकक बसाई पछि संयुक्त राज्य अमेरीकाको न्यु योर्क शहर सरेकी छिन् ।
“थाइल्याण्ड मेरो मुटुको धेरै नजिक छ। साथिहरुको प्रोत्साहनका कारण यहाँ मैले मेरो सांगितिक यात्रा शुरु गर्न सफल भएँ ।” श्वेता ले भनिन् । “अब मैले मेरो जीवनमा अर्को पाईला चाल्दै छु, मलाई आशा छ, मेलै मेरो साथीहरूको माया सदैव पाउनेछु।”
श्वेताले आफ्नो पहिलो गीति एल्बम “उडान” २०७१साल चैत २१गते काठमाडौँमा सार्वजनिक गरेकी थिन् । वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठद्वारा रचित र सुप्रसिद्ध सङ्गीतकार न्हू बज्राचार्यद्वारा सङ्गीतबद्ध सो एल्बमका गीतहरू “अचम्मै लाग्यो मलाई” र “बाटो हेरी रहेछु” सन् २०१६को नेपाल युजिक भिडियो अवार्डमा सर्वोकृष्ठ संगीत र सर्वोकृष्ठ म्युजिक भिडियो (डायस्पोरा)मा मनोनित भएका छन् ।
टुबोर्ग इमेज अवार्डको १७औं संस्कारणमा उडानकै गीत “बाटो हेरी रहेछुका” लागि श्वेता सर्वोत्कृष्ट नव कलाकारमा मनोनित भएकी थिन् ।
श्वेता नेपाल र थाइल्याण्डका विभिन्न शहरहरूमा साङ्गीतिक कार्यक्रम र कन्सर्टहरूमा सहभागी भएकी छिन् ।
वहाँले अमेरीकाबाट अफ्नो संगितलाई निरन्तरता दिराख्ने कुरा भन्दै भन्नुभयो “यहाँहरु समक्ष नयाँ गीतहरू छिटै लिएर आउने छु । आशा छ, स्रोताहरुले मन पराउनु हुनेछ ।”
www.facebook.com/shwetapunjali | www.youtube.com/c/
https://www.youtube.com/watch?
श्वेता पुँजालीका बारेमाः सङ्गीतसँग श्वेताको लामो सम्बन्ध छ । लोकप्रिय साङ्गीतिक कार्यक्रम ‘नेपाली तारा’ को दोस्रो संस्करणमा उनी सफल प्रतिस्पर्धीका रूपमा उदाउनुका साथै टेलिभिजन कार्यक्रम ‘बागीना’ मा समेत सहभागी बनेकी थिइन् । उनले थुप्रै साङ्गीतिक कार्यक्रमहरूमा भाग लिँदै नेपालका विभिन्न ठाउँमा आफ्नो गायन प्रतिभा प्रदर्शन गरिसकेकी छिन् । पुर्ख्यौली घर अर्घाखाँची भएकी श्वेताको जन्म पाल्पामा भएको हो । उनको बाल्यकाल भैरहवा र पोखरामा बित्यो । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा स्नातकोत्तर तहको पढाइका लागि उनी काठमाडौँ आइन्, जहाँ उनको भेट विभु मिश्रसँग भयो र सन् २००८ मा उनीहरूबीच वैवाहिक सम्बन्ध गाँसियो । सन् २०१२ देखि सन् २०१६ सम्म उनी बैंककमा रहँदै आएकी छिन् । तत् पश्चात उनी अमेरीकाको न्यु योर्क शहर सरेकी छिन् । उनीहरूका एक छोरा विवान अजय छन् ।
प्रतिक्रिया