लागुऔषधसहित एक पक्राउ

इनेप्लिज २०७१ फागुन ११ गते १४:३४ मा प्रकाशित

विराटनगर, ११ फागुन । लागुऔषधसहित एक जनालाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ ।

विराटनगर–२० स्थित दरैया बस्तीबाट धरान–१३ बस्ने भीम लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विराटनगर रानीले जनाएको छ ।

प्रहरीलाई शङ्का लागेर जाँच गर्दा नोरजेसिक, एभिल र डाइजेल्याप २०/२० सेट बरामद गरिएको थियो ।

प्रतिक्रिया