प्रवासी हुनु को पिडा

इनेप्लिज २०७३ जेठ २५ गते १:२६ मा प्रकाशित

manju niraula

प्रवासी भई जो पराई देशमा बस्छ
प्रवासको दुख उसले मात्र बुझ्न सक्छ
इराकी युद्धभूमिमा होस् या
कतारको जर्जर मरुभूमिमा
जापानको हरियाली शहरमा होस्
या अमेरिकी स्वतन्त्र भूमिमा

नौलाखे तारा गीतमा नै किन नहोस
प्रवाशी बनि प्रवासको पिडा
प्रवासी नेपाली ले नै बुझ्न सक्छ
मुगलाने भै मुग्लाने व्यथा
बहादुर गोरखा बन्ने मात्र भेउ पाउन सक्छ
मुम्बईको गल्लिमा बरालिने मात्र बुझ्न सक्छ

प्रवासी नेपालीको मौलिकपन जोगाउन
गीतमामा नेपालीको व्यथा पोखीदिन्छ
मौलिक अधिकार खोज्दै हराउदा
साहित्यमा आफ्नो अस्तित्व बाँड्न थाल्छ

आफ्नी मौलिक संस्कार ,संस्कृति बचाउन
देउसी ,मारुनी ,भैली र लैबरीको राग अलापिन्छ

मन्दिर ,मस्जिद ,गुम्बा जहाँ गए पनि
आफ्नो देशको नक्सा मनमा लिएर हिड्छ
नेपाली भई नेपालीको मौलिकता राख्न
जमरा ,सयपत्री ,दुबो र मखमलीले
घर आँगन दियोले सजाई दिन्छ
नबिर्स हामी नेपाली हौ भन्ने भाव जगाईदिन्छ

लालिगुरास ,लालुपाते भाका राखी
चन्द्र र सूर्यअंकित झन्डा निशानले
जहाँ रहे पनि आफ्ना सन्ततिलाई
गोरखालीको बिर गाथा कहिदिन्छ
प्रवासी है त् के भयो ,नेपाली हौ हामी
नेपालीत्व भित्रै हामी छौ l

प्रवासी हुनु को पिडा -कविता संग्रह प्रवासका सुस्केराहरु बाट लिइएको

प्रतिक्रिया