आमा हाम्रो गाउँ साक्षर बनेकै हो ?- प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ जेठ २० गते २:१७ मा प्रकाशित

image2

आमा तपाईलाई चिठ्ठी लेखेको छु पढ्नु है
म अक्षर राम्ररी फुटाल्नै नसक्नेले कसरी पढु बाबु
हैन अस्ती मात्रै गाउँमा पुर्ण साक्षरता घोषणा गरिएन र आमा
होनी हामी पुरै महिला व्यानर बोकेर गाउँ डुलेका हौनी
अनि तपाईहरु लेख पढ गर्न जान्ने हुनु भएको हैन र?
खै बाबु हाम्ले त धेरै बर्ष पहिला प्रौढ कक्षा पढेको सबै खाई सकेम्
बल्लबल्ल कहिकतै कागजमा सहीछाप गर्दा नाम लेख्न आउँछ
हाम्रा आमा समुहमा बैठकमा त सबै नाम लेख्ने भाका छन्
यसो भए सबैले आफ्नो नाम मात्र लेखिन्छ की अरुको पनि
आफ्नै कनी कनी लेख्नु पर्छ कसरी अर्काको लेख्ने नी
पढ्न सबै सक्छन् त तपाई सँग काम गर्नेहरु आमा समुहकाले
खासै पढ्न त कहाँ सक्नुनी बाबु
कनीकुथो गरेर हात कमाउँदै भैसी जस्तो अक्षरमा नाम लेख्न बल्ल जानेका छौ
अनि अरु बालबालिका सबै पढ्न जान्ने र लेख्न जान्ने छन्?
अझै केही बालबालिकाहरु स्कुल नजाने पनि छन् रे
अनि कसरी पुर्ण साक्षरता घोषण भयो त आमा
मलाई के थाहाँ तिनै ठुलाबडा मान्छेलाई सोध
अनि हाम्रो वडामा सबै लेखपढ गर्न सक्ने छन् र आमा
हाम्रो वडामा त ९९.२ प्रतिशत साक्षर छन् रे
केही त नजान्ने रहेछन् त आमा
तिनीहरु पनि प्रौढ शिक्षा पढेका मध्येका हुन् बाबु
अनि तिनीहरुलाई के गर्ने त नी आमा जान्ने बनाउन
उनीहरुलाई फेरी प्रौढ शिक्षानै पढाउने हो भन्छन्
अरु वडामा कस्तो छ त आमा साक्षरता
खै बाबु सबैले लेखपढ गर्न त सक्दैनन् होला
तापनि छिमेकी गाविस सबैतिर साक्षरता घोषणा गरे
त्यसै हामी पनि टोलाएर बस्ने कुरा भएन नी
त्यसैले हाम्ले पनि घोषणा गरियो आज बल्ल
धेरै उत्साहित भए आजको घोषणा कार्यक्रममा
को को आए आमा बाहिरबाट, सदारमुकामबाट
आए बाबु जिल्लाबाट हाकिमहरु पनि
हाम्लाई पनि प्रमाणपत्र बाँडे, अरुलाई पनि बाँडे
त्यसो भने रमाईलो भयो आमा कार्यक्रम
हो बाबु चौपट्टै राम्रो र रमाईलो भयो
पुर्ण साक्षरता र पुर्ण खोपयुक्त गाविस
भव्य र सभ्यरुपमा घोषणा भयो बाबु
हाम्रो नाराणस्थान गाविसमा आज धेरै रमाईलो भयो
अव यसरीनै धेरै ठाउँमा घोषणा हुँदै गए राम्रो हुने थियो बाबु
तपाई सबैलाई हार्दिक नमन गर्छु आमा
तपाईहरुले बुढेसकालमा टुकी बालेर क ख ग पढेको
आज बल्ल काम लाग्यो आमा
धेरै बर्ष सम्म महिला स्वयंसेविका बनेर काम गरेको पनि
आज बल्ल काम लाग्यो आमा

प्रिय आमा तपाईहरुलाई लाखौ सलाम छ !
बाल्टिमोर, अमेरिका

image1

प्रतिक्रिया