बहु प्रतिभाकि धनि गायिका अनु गुरुङ गायन देखि मोडलिङ सम्म

इनेप्लिज २०७३ जेठ १३ गते १९:३६ मा प्रकाशित

12963675_627692260717857_6596269861108331968_n

सुर्य चन्द काठमाडौँ : गुल्मी-९ दिबुङ स्थायी निबासी गायिका अनु गुरुङ काठमाडौँलाइ कर्म भुमि बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो l नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका अनु गुरुङ। विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरु मा सधै ब्यस्त रहने गायिका अनुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन l दर्जनौ हित गितहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन, गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई,तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता एक दर्जनभन्दा बढी एलबमहरू बजारमा ल्याईसकेकी छिन् । बिसेष गरि लोक दोहोरि क्षेत्रमा चर्चित बन्न सफल गायिका अनुमा हर प्रकारका गित गाउन सक्ने क्षमता छ l उनि भन्छिन म गायन र मोडलिङलाइ संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु l

12299287_574374366049647_2380054684619160439_n

आफुलाइ गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकि पनि धनि छिन l सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि गायिका अनुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन l उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l गायिका तथा मोडल अनु भन्छिन लोक सस्कृति भनेको हाम्रो सम्पति हो लोक भाका अनि लोक दोहोरीलाई बचाई राख्नु अनि सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि त्यसैले पनि म बेसी लोक संगीतमा बढी झुकाब राख्छु l

215685_145892958897792_1343012556_n 9199_613894158764334_7069297302584757237_n

प्रतिक्रिया