life insurance अन्तर्गत Universal Life insurance

इनेप्लिज २०७२ चैत २२ गते २२:४२ मा प्रकाशित

dev khanal

जसले जानी जानी गलत बाटो बाट सम्पति आर्जन गर्दै छन् तिनीहरु पनि नेपाली नै हुन् जो पिडित पक्ष छन् उनिहरु पनि हाम्रा समाजका भला व्यक्ति हुन् ! गल्ति बाट भएको लाई माफ गर्ने नेपाली समाजले राम्ररी जानेको छ तर आज गल्तीलाई गल्ति होइन उनिहरुलाई हामी भनेर life insurance बेचेको हो भोलिका दिनमा तपैले तिरेको रकम फिर्ता हुन्छ भन्ने झुट आस्वासन बाडेर आफ्नो बाटो तताए तत्कालका लागि बच्ने उपाय गरे पनि भोलिका दिनमा झुट सत्यमा परिणत हुनेछ !

बिमा किन्ने मान्छे र बेच्ने मानिस बिचमा नाता मामको छोरा, भाई, सालो , गाउमा परिचत मास्टर , आफनै भाई कि श्रीमती , कांग्रेस सग नजिक , एमाले सग नजिक सबै एक अर्कोमा बाधिएका छन् ! आखिर किन यहाँ एक नेपालीले अर्को नेपाली लाई ठगि गर्दै छ के यहि हो मानवता !!

life insurance अन्तर्गत Universal Life insurance जसले जसलाई बेचेको छ यो life insurance भनेको मृत्यु पर्यन्त, वा critical illness मात्र हो ! यो insurance बाट बिमा गर्ने व्यक्तिले जिबन रहुन्जेल कुनै ठुलो रकम प्राप्त गर्दैन यो नै वास्तविक सत्य हो !

जिबन बिमा भन्ने सब्द बाट यो बुज्न जरुरि छ कि यसले तपाइको जिबनमा कुनै दुर्घटना भएमा परिवार प्रतिको आपति लाई तत्काल रुपमा केहि सहयोग पुर्य्रौने मात्र हो ! आज हामी अमेरिकामा बसेका छौ हाम्रो संनतीहरु भोजनको व्यवस्था सहित १२ class सम्म निसुल्क अद्यन गर्ने अवसर प्राप्त छ भने मृत्यु पर्यन्तको जिबन बिमाको औचित्य रहदै जस्तो लाग्छ !

यहाँ एउटा सत्य छ बिमा बेच्ने माला माल छन् जो दिनरात कम गरेर बिमा बेच्नेहरुलाई सुट , टाई, बिदेश यात्रा गर्नका लागि $ कमाई गर्दै छन् !

life insurance company हरुका मिठा सब्दहरुलाई नेपालीमा रुपान्तर गर्दै छु ! केहि फरक पर्दैन तपाइको स्थिति कस्तो छ ! हाम्रो जिबनका समस्याहरु धेरै छन् तेसका लागि जिबन बिमा उत्तम विकल्प हो ! यसले तपाइको जिबन र परिबारको जिबनमा परिबर्तन ल्याउन अहम भूमिका निर्बाह गर्ने सक्छ !

तपाईको जिबन रक्षा र परिवार प्रतिको उत्तर्दैत्व लाई पुरा गर्ने एउटा गतिलो रक्षा कवज हो ! मानौ यो एउटा खाली चेक हो तपाइको जिबन नरहेमा तपैका परिवार भोकले मर्नु पर्दैन ! तपैले बिमाक गर्नु भएको रकम सरकार लाई राजस्व बुजएर बाकी रकम तपाइको परिवारले स्वत प्राप्त गर्छन ! कस्तो मिठो कुरा छ हेरौ त !! तर तपाईले नखाई बुढेश कालमा पेन्सन आउछ भनेर जसले बिमा बिक्रि गरेको छ यो १०० प्रतिसत झुट हो !

प्रतिक्रिया