अनेसास मेरील्याण्डको वार्षिक कार्ययोजना वैठक सम्पन्न

इनेप्लिज २०७२ चैत १२ गते १०:३९ मा प्रकाशित

मार्च २३,मेरील्याण्ड
अन्र्तराष्ट्रिय साहित्य समाज मेरील्याण्ड च्याप्टरले केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको उपस्थितिमा आफनो भावी रणनीति तथा कार्ययोजनालाई अन्तिम रुप दिएको छ । आईतवार मेरील्याण्डमा सम्पन्न वैठकमा च्याप्टरका अध्यक्ष भरत वराईलीले हालै सम्पन्न अधिवेशनवाट निर्वाचित कार्यसमितिले कमिटिलाई पूर्णता दिने र यस वर्ष भित्र विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । वराईलीले नेपालका ख्याति प्राप्त साहित्यकारहरुको जन्मदिवसको अवसरमा कार्यक्रम गर्ने, मासिक,द्धैमासिक साहित्यीक कार्यक्रम,स्थानीय स्तरमा रहेका साहित्यीक प्रतिभाको खोजी,प्रकाशन जस्ता काम यस वर्ष गरिने कार्ययोजना रहेको जानकारी दिनुभयो ।
केन्द्रीय अध्यक्ष विश्वकर्माले अनेसासका गतिविधीहरुको वारेमा प्रकाश पार्दे रजतजयन्ती मनाउन लागिएको वताउनु भयो । उहाँले भन्नु भयो –अनेसासले विगत पच्चीस वर्षमा करिव एक हजार पुस्तकहरु प्रकाशित गरिसकेको छ । विश्वकर्माले थप्नु भयो प्रवासी भूमिमा छरिएर रहेका हामी साहित्य,कला संस्कृति र भाषामा रुचि राख्ने नेपालीहरुको एउटा संगम थलोको रुपमा यसलाई विकास गर्दे ल्याएका छौं । उहाँले हालै मात्रै अष्ट्रेलियामा सम्पन्न भएको महिला साहित्य सम्मेलनले नारी प्रतिभाहरुको विकासमा कोसेढुङ्गा सावित भयो वताउनु भयो । उहाँले थप्नु भयो – म निकै उत्साहित छु ।
अनेसासको ८६ वटा शाखाहरु ४३ वटा देशमा छरिएर रहेका छन् । नेपाली भाषा र साहित्यलाई जगेर्ना गर्दे भावी पिढीको लागि नेपाली कला र संस्कृति रुपान्तरण गर्दे लैजान यसले महत्वपूर्ण काम गर्दे आएको उहाँको भनाई थियो ,
विश्वकर्माले भन्नु भयो व्यापक रुपमा समर्थन र सहयोगका कारणले हामीहरु विश्वव्यापीकरणको युगमा विकास र विस्तार गर्दे आगडि वढिरहेका छौं ।
कार्यक्रममा मेरील्याण्ड च्याप्टरका महासचिव मधुकर अधिकारीेले आगामी दिनमा भाषा र संस्कृति जगेर्ना गर्नको लागि च्याप्टरले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनु भयो ।
यसैगरी नायिका तथा च्याप्टरकी उपसभापति पूजा चन्दले हामी केही ठोस काम गर्न चाहन्छौं, त्यसको लागि केन्द्रले पनि होस्टेमा हैसे गरोस भन्ने धारणा राख्नु भयो । संस्थाकी कोषाध्यक्ष लिलु गुरुङ्गले समुदायमा एउटा प्रतिष्ठित संस्थाको रुपमा स्थापित गराउन समिति भरपूर लागि पर्ने र च्याप्टरले तय गरेका कार्यक्रमहरुमा टीमवर्कमा वसेर जिम्मेवारी पूरा गर्ने जानकारी दिनु भयो ।
यसै गरी सचिव गोविन्द विष्टले संस्थाले आगामी दिनमा मासिक,त्रैमासिक र वार्षिक कार्ययोजना अनुसार कार्यक्रमहरु गर्दे जाने प्रतिभाको खोजी गर्न प्रयत्नशील रहने वताउनु भयो ।
संस्थाका निवर्तमान अध्यक्ष तीर्थ पाण्डेयले विगतमा मेरील्याण्ड च्याप्टरले गरेका कार्यक्रमहरुको प्रकाश पार्दे,प्रवासी भूमिमा भाषा र संस्कृतिको जगेर्ना गर्दे नेपाली भाषाको संरक्षण र सम्वद्र्धनमा च्याप्टरले काम गर्नेमा आफू विश्वस्त भएको वताउनु भयो ।
कार्यक्रम सेतोपाटी अमेरिकाका सम्पादक ज्योति देवकोटाले हामीले नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकारको स्रोत साधन तर्फ ध्यान दिन सुझाव दिनु भयो । यसै गरी कार्यक्रममा वसन्त आचार्य,प्रसन्न पौडेल,कूल गुरुङ्ग लगायतले च्याप्टरले गर्ने हरेक कार्यक्रममा आफूहरु सहयोगी वन्न तयार रहेको धारणा राख्नु भयो । सन् २००८ देखिको निर्वाचन समितिमा वसेर काम गर्दे आउनु भएका तीर्थ पाण्डेयलाई केन्द्रीय अध्यक्ष विश्वकर्माले आजीवन सदस्य – वोर्ड अफ ट्रष्टि) को प्रतीक स्वरुप अनेसासको लोगो अंकित व्याज प्रदान गर्नु भयो । पाण्डेयले काव्य मार्फत प्रवासी भूमिमा साहित्यिक क्षेत्रमा कुशलता पूर्वक जिम्मेवारी वहन गर्दे आउनु भएको छ ।

प्रतिक्रिया