कही कतै कोही भेट्यो कि आजकाल
सोधखोज सुरु हुन्छ दाइलाई कती ठगे ?
केही उपाय छ कि लौ न हजुर
आफ्नैले विश्वाशमा मेरो त सर्बस्व नै लगे ।।
स्टोरमा ट्र्यास उठाएको लगे
गल्लिमा क्याब कुदाएको लगे ।
स्याण्ड्विच र चपाटी बनाएको लगे
ग्यांस स्टेसनबाट नसुती कमाएको लगे ।।
कहिले स्पाउस् को निम्ती लगे
कहिले काखे बेबी भनेर लगे ।
नजिक को आफ्नै भनेर लगे
प्रतिष्ठित समाजसेवी बनेर लगे ।।
नानीको बर्थडे केक काटेर लगे
बाबुको थोत्रो आइपड पनि साटेर लगे ।
बुढीलाई त तीजको दर नै खुवाएर लगे
मलाई नि कल्पनाको आकाशमा उडाएर लगे ।।
रसिक रैछन् गीत सुनाएर पनि लगे
भलाद्मी रैछन् मित लगाएर पनि लगे ।
घाम पानी केही नभनी धाएर लगे
नबोलाए नि न्वारन पास्नी मा आएर लगे ।।
बुढेसकालको दु:खको कुइरो देखाएर लगे
बालबच्चा पढाउने खर्च को सुइरो देखाएर लगे ।
गाडी बङला अनी केके देखाएर लगे
सहि गर तिम्ले नि पाउछौ भनी लेखाएर लगे ।।
आउँदा जाँदा कामको बाटो ढुकेरै लगे
सालो न भतिजो पाउमा झुकेरै लगे ।
मेरो मात्रै होइन यसरी धेरैको लगेछन
नढाँटी भन्नोस त दाई हजुरलाई कती ठगेछन ।।
राम शरण हुमागाइ
भर्जिनिया
प्रतिक्रिया