न्युयोर्कमा रंगकर्मी हरि ब थापा द्वारा अभिनित नाटक प्रदर्शन तथा लोकार्पण

इनेप्लिज २०७२ चैत १० गते ०:१४ मा प्रकाशित

7

गत मार्च २० तारिख न्युयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाको आयोजना वरिष्ठ रंगकर्मी हरि बहादुर थापाको उत्कृष्ट १० वटा नाटकका अंशहरु समेटिएको श्रब्य दृष्य सिक्का चक्का ( भीसीडी )को प्रदर्शन तथा लोकार्पण न्युयोर्कमा गरियो l

शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि दुर्गा प्रसाद भट्टराई हुनु हुन्थ्यो l बिशेष अतिथिहरुमा न्युयोर्क स्थित महाबाणिज्य दुताबासका महा बाणिज्य दुत नारायण प्रसाद मैनाली, सह बाणिज्य दुत साहित्यकार कृसु क्षेत्री ,उप बाणिज्य दुत प्रविण भट्टराई र अनेसासक केन्द्रिय पूर्व अध्यक्ष गीता खत्रीको उपस्थिति रहेको थियो l

3

उक्त अवसरमा रंगकर्मी थापालाई रंगमंच सम्राटको उपाधिले सम्मान गरिएको थियो भने वहा संगै उपस्थित रहनु भएकी वहाकि धर्मपत्नी मिठु थापालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो l कार्यक्रममा हरि ब थापाको जीवनी साहित्यकार कृसु क्षेत्रीले सुनाउनु भएको थियो l सयुक्त रुपमा राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा अनेसास न्युयोर्क शाखा कि सदस्य बिजय सिम्खडाले गर्नु भएको थियो l

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिले गर्नु भएको थियो l कार्यक्रम बीच अनेसास न्युयोर्कले हरेक महिनाको तेश्रो आइतबार नियमित रुपमा साहित्य शृंखला गर्ने समेत भएको जानकारी दिइएको छ l सो योजना अनुसार रंगकर्मी थापा बाट श्री गणेश गरिएको छ l यसै गरि शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले न्युजर्सीमा नेपाली भाषाको कक्षा संचालन भै सकेको बताउदै निकट भबिष्यमा न्युयोर्कमा पनि भाषा कक्षा संचालन गरिने बताउनु भयो l

11

सोहि कार्यक्रममा नेपाल प्रहरीको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला पार्वती थापा तथा क्विन्स चलचित्र महोत्सवमा उत्कृष्ट छायाँकार बाट पुरष्कृत रबिन आचार्यलाई समेत खादा ओढाई सम्मान गरिएको थियो l कार्यक्रम संचालन शकुन्तला ज्ञवालीले गर्नु भएको थियो l

1

6

9

10

प्रतिक्रिया