लण्डन, विश्व नेपाली साहित्य महा सङ्घ , शाखा बेलायत र केन्ट कलमको संयुक्त आयोजनामा अर्थ आवर साहित्यिक कार्यक्रम सम्पन्न गरेका छन् ।
विदेशी भुमिमा रहेता पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ,बेलायत शाखाले यस पटक भने मार्च १९ शनिवार आश्फोड स्थित गोर्खा भान्साघरको सभा कक्षमा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको शुरुवातमा संस्थाका सदस्य सुरेन्द्र ईग्नामले सभा कक्षाको बारेमा स्वास्थ्य तथा सुरक्षा सुचनाका जानकारी गराईएको कार्यक्रममा वातावरणविद विजय हितानले वातावरण सम्बन्धि कार्य-पत्र प्रस्तुत गरेका थिए । उक्त कार्य-पत्रलाई गीतकार जानु काम्बाङ लिङ्देनले सकारात्मक टिप्पणी गरेकी थिईन् ।
संस्थाका केन्द्रिय अध्यक्ष विश्वासदिप तिगेलाको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ ,शाखा बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर रहनु भएको थियो ।
हरेक बर्ष उत्सव गरिने संस्थाको वार्षिक गोष्ठि कार्यक्रममा नेपाल प्रत्रकार महासंघ, बेलायत शाखाका अध्यक्ष नरेश खपाङगीलाई नेपाली ढाकाटोपि र खदा लगाईदिदै विशेष सम्मान गरिएको थियो । विदेशी भुमिमा रहेर पनि साहित्य क्षेत्रमा कलम चलाउनुहुने गीतकार करिश्मा घमको “गुनासो” कविता संग्रहलाई पत्रकार जानुका राईले र जानु काम्बाङ लिङ्देनको “शिविरमा ईश्वर” लाई साहित्यकार विजय हितानले समिक्षा गरेका थिए ।
औपचारीक रुपमा शुरुवात गरिएको कार्यक्रममा गीतकार करिश्मा घमले स्वागत मन्तव्य राख्दै उपस्थिति सबैलाई स्वागत गर्नु भएको गोष्ठिलाई साहित्यकार जानुका राई र गीतकार संन्जिब पारादर्शी (डाइमण्ड लाहुरे)ले संयुक्त रुपमा संञ्चालन गरेका थिए ।
बेलायतमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथिमा निम्त्याईएको कार्यक्रममा अतिथिहरु केन्टवरी मगर संघका अध्यक्ष प्रेम मगर , औतारी साईला, फिप्रा काईला, खड्क गुरुङ, गीतकार थिर थापा, जानु काम्बाङ लिङ्देन,जनताको आवजबाट रोशन राई, संङिगया डटकमका प्रधान सम्पादक सुरेन्द्र ईग्नाम लगायत साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
गोष्ठिमा उपस्थित सर्जक तथा अन्य साहित्य अनुरागीहरुले कार्यक्रमको बिचबिचमा मुक्तक, गित, कविता, गजलहरु बाचन गरिएको कार्यक्रममा बाँसुरीवादक सुरेन्द्र ईग्नाम र जिवन प्रकाश राईले साराङगीको धुनमा मिठो गीत “ए कान्छा ठट्टैमा ,यो बैश जान लाग्यो” र गायक थिर थापाले ‘ मलाई छोडि नजाउँ, पाप तिमीलाई लाग्ला है ‘ प्रस्तुतले सभाहलको रौनक बढाएका थिए ।
कार्यक्रमका अन्त्यमा गोष्टिका सभापति विश्वासदिप तिगेलाले नेपाली साहित्यको बारेमा र विश्व नेपाली साहित्य महासङ्घ कसरी स्थापना भएको हो भन्नेमा प्रष्टाउदै कार्यक्रममा उपस्थिति हुनु भएकोमा उपस्थित सम्पुर्ण साहित्य अनुरागीहरुलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।
प्रतिक्रिया