मृगौला पीडितलाई पथरी उद्योग वाणिज्य संघको आर्थिक सहयोग मेरो बाबालाई बचाईदिनु होला

इनेप्लिज २०७२ चैत १ गते १९:१७ मा प्रकाशित

21

पथरी,चैत्र १

मोरङ पथरीशनिश्चरे–१४ का एक युवाको मृगौलामा समस्या भएर आफूलाई बचाइदिन आग्रह गरेपछि पथरी उद्योग वाणिज्य संघले आर्थिक सहयोग जुटाएको छ । मोरङ पथरीशनिश्चरे १४ का ३४ वर्षीय मृगौला पीडित रत्नकुमार तामाङलाई बचाउनका लागि उठाइएको रकम एक औपचारिक कार्यक्रमका बीच सोमबार हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य संघको पहलमा उठाएको १ लाख ४ हजार १ सय ६ रुपैयाँ अध्यक्ष धनकुमार तामाङले विरामीकी छोरी रबिना तामाङलाई प्रदान गरेका थिए । सो रकम पथरी व्यापार संघले २१ हजार, पथरीशनिश्चरे नागरिक समाज ५ हजार १, शान्ति सा व उ ले ५ हजार, मोरङ बस यातायात संघ पथरीले २५ सय लगायतले सहयोग गरेका थिए । एक सातादेखि काठमाडौंको वीर अस्पतालमा रहेका तामाङले टेलिफोन मार्फत् हारगुहार मागेका हुन् । उनले आफूजस्तो मृगौला विग्रिएको विपन्न मानिसको पनि बाँच्न पाउने अधिकार सुनिदिन सबैसँग आग्रह गरेका छन् । १ वर्षदेखि तामाङ दुवै मृगौला खराब भएर निरन्तर डाइलासिस गरिरहेका थिए । पीडितले साढे ५ कठ्ठा जग्गा बेचेको र अब बस्ने घर मात्रै बाँकी रहेको कार्यक्रममा उपस्थित एक छिमेकीले सुझाए । हालसम्म पीडितको उपचारमा १३ लाख रुपैयाँ सकिसकेको बताइएको छ ।

IMG_9521 वि.सं. २०७१ चैतदेखि त्यही डाइलासिसका भरमा ज्यान बचाउँदै आए पनि आर्थिक अभावका साथै स्वास्थ्यमा समेत अझै समस्या हुँदै गएपछि श्रीमती विष्णुकुमारी तामाङ राईले आफ्नो एउटा मृगौला श्रीमान्लाई दिने निधो गरेकी छिन् । हाल मृगौला पीडित तामाङ वीर अस्पतालमा डाक्टरले चेकजाँच गरेर श्रीमतीको मृगौला लगाउने तरखरमा छन् । साथै बिदेशमा रहेका ईष्टमित्रले १ लाख ७९ हजार रुपया पनि आएको र अझैपनि अरुले सहयोग गर्नै बताएको छोरीले जनकारी दिन । छोरी रबिनाले मेरो बाबालाई बचाईदिनु हुन हार्दिक अनुरोध गर्दछु भन्दै अपिल गरीन  ।

IMG_9539

प्रतिक्रिया