मेरो मायालाई कत्ति राम्रो सुहायो फूल बुट्टे चोलीले ….!!!!!!!”
यिनै माया र प्रेमका रोमाञ्चक शब्दहरुले सजिएको “मेरो मायालाई” गीति म्युजिक भिडियो हालै सार्वजनिक भएकोछ । नेपाली सांगीतिक आकाशकि आशालाग्दी गायीका अनिता चलाउनेको प्रस्तुति रहेको सो गीतमा लोक संगीतकाचर्चित गाएक रामजी खाँड र अनिता चलाउनेको स्वर रहेको छ । आशिष म्युजिक प्रा.लि .ले बजारमा ल्याएको सोम्युजिक भिडियोको निर्देशन बब्बु थापाले गरेका छन् भने छायांकन दुर्गा पौडेल ,सम्पादन मिलन बि.क.,शब्द सी.पी.मगर र लय रामजी खाँडको रहेको छ । काठमाडौँ को फन पार्कमा छायांकन गरिएको सो म्युजिक भिडियोमा रामजीखाँड ,रश्मि तामांग लगाएत कलाकारहरुको उत्कृष्ट नृत्य प्रस्तुति रहेको छ । केहि महिना अघि मात्र सर्वाधिक चर्चित म्युजिक भिडियो ” भुन भुन गर्ने भमराले …” प्रस्तुत गरेकी अनिताले ” मेरो मायालाई ” दर्शक/ श्रोताहरुले मन पराईदिनु हुने कुरामा ढुक्क छिन।
प्रतिक्रिया