यो जुनी त यस्तै भयो, चोखो माया गयो खेरै
संगै जिउँला अर्को जुनी, साट्दै मायाँ धेरै-धेरै
साट्दै मायाँ धेरै-धेरै |
परेलीमै लुकाऊँ लाग्ने, तिमी मेरो नयन थियौ
जताततै सजाऊँ लाग्ने, भित्री-मनको चयन थियौ
उता ठूलो आँधी आयो, तिमीलाई उडाई कतै लग्यो
यता ठूलो बाढी आयो, मलाई बगाई अन्तै लग्यो
तिम्रोमेरो जिन्दगी नै, त्यसै छिन्न-भिन्न भयो
त्यसै छिन्न-भिन्न भयो |
यो जुनी त हाम्रोलागि, आकासको तारा भयो
संगै जिउने रहर र सपना, अधुरै अधुरो रह्यो
भत्काउँ भने पर्खालहरु, आँखा सामु दृष्य धेरै
एक होइन दुई होइन, फेर्नु पर्ने सेरो-फेरै
भै गो जिउँला अर्को जुनी, साट्दै मायाँ धेरै-धेरै
साट्दै मायाँ धेरै-धेरै |
प्रतिक्रिया