गायिका सम्झना लामिछाने मगरसँगै झुमे दर्शक

इनेप्लिज २०७२ फागुन २७ गते १८:२६ मा प्रकाशित

samjhana-singar-6-768x512

बुटवल । चौबन्दीमा बाधेकी छु मेरो देशको माया शिरमाथी साचेकी छु वरपिपलको छायाँ हुर्केएकि पहाडकी कन्दरामा खेली म नेपाली चेली हजुर, चम्पा चमेली जव माथीका यी शव्दहरुलाई लय भरी स्वर मार्फत गुञ्जयमान बनाईन तब दर्शकको गडगडाहक तालि सँगै हुर्रेको आवाज आयो । कति थपडि पिट्न लागे त कति बसेकै ठाउँबाट उठि नृत्य गर्न लागे । मेलाको माहोलमा बेग्लै रौनक छिनभरमा भयो । रुपन्देहीको देवदहमा जारी दोस्रो देवदह आद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा विहिबार गायिका सम्झना लामिछानेको प्रस्तुती सँगै दर्शक झुमेका छन् । सम्झनाले चम्पा चमेली, मायामा धोका दिनेलाई गोली ठोकम लगाएतका गितहरु गाउँदा दर्शकहरु सम्झना सँगै झुमेका थिए । अर्घाखाँची स्थायी घर भएकी सम्झना पछिल्लो समयमा मेला तथा महोत्सवमा व्यस्त छिन भने देश बाहिरका कार्यक्रममा पनि उनलाई भ्याईनभ्याई छ ।

प्रतिक्रिया