गौतम बुद्धको जन्म थलोमा अमेरिकन पर्यटकहरुलाई भ्रमण गराउन अमेरिकाको टेक्सास राज्यको डलासमा रहेको नेपास हेरिटेज ट्राभल एण्ड टुर्सले अमेरिकन पर्यटकहरुलाई लुम्बिनीको बिशेष कार्यक्रम समेत ल्याउने भएको छ l
बिश्वभर नै भगवान गौतम बुद्ध सम्बन्धि केहि भ्रम समेत श्रीजना छिमेकि मुलकले गर्दै आएको अवस्थामा नेपालको पर्यटनलाई प्रबर्धन गर्ने उदेस्यले अमेरिकाका पर्यटकहरुको लागि अमेरिका बाट नै सिधै लुम्बिनीको दर्शन तथा भ्रमण कार्यक्रम समेत तयार गरिएको ट्राभल्सका संचालक सबिन्द्र थापाले बताए l
नेपास हेरिटेज ट्राभल एण्ड टुर्सले एक हप्ते लुम्बिनी भ्रमण कार्यक्रम ल्याएको छ l उक्त ७ दिने लुम्बिनी भ्रमण अन्तर्गत पहिलो दिन काठमाडौँ अवतरण गर्ने दोश्रो दिन काठमाडौँका महत्वपूर्ण पर्यटक क्षेत्रहरुको भ्रमण गराइने जनाएको छ l
र तेश्रो दिन काठमाडौँ बाट लुम्बिनी प्रस्तान गर्दै पाचौ दिन सम्म लुम्बिनीका महत्वपूर्ण स्थानहरु माया देवी मन्दिर ,अशोक स्तम्ब ,पवित्र पुस्किरिणी ताल ,जन्म चिन्ह ढुंगा ,लुम्बिनी संग्रहालय ,मायादेवीको मुर्ति ,विश्व शान्ति स्तुप ,विश्व शान्ति अग्नि दर्शन गराउने भएको छ l
यसको साथै अन्य महत्वपूर्ण स्थानहरुमा तिलौराकोट ,कुदन ,देव दह तथा संग्रहवाको भ्रमण समेत गराउने भएको छ l र उक्त स्थानहरुको भ्रमण पश्च्यात छैठौ दिनमा लुम्बिनीबाट काठमाडौँको लागि फर्किने योजना राखेको छ भने सातौ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकहरुलाई छोडिने कार्यक्रम ल्याउने जनाएको छ l
प्रतिक्रिया