डिसीमा अमेरिका नेपाली सोसाइटीले यसरि मनायो महिला दिवस

इनेप्लिज २०७२ फागुन २३ गते १:४० मा प्रकाशित

उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस बर्ष को अन्तर्राष्ट्रिय महिला दिवस बिशेष शैलीमा आयोजना गरि नौलो उदाहरण प्रस्तुत गरेको छ l

डिसी क्षेत्रमा हरेक बर्ष अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपाली डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका नेपाल सोसाइटीले उछिनेको छ l कार्यक्रममा संस्था कि कोषाध्यक्ष यशोदा भण्डारीले कार्यक्रमको प्रकरण बारे मन्तब्य राखेकी थिइन् भने उन्ले कार्यक्रम संचालन गरेकी थिइन् l मन्तब्य दिने क्रमममा मनासस शहरका परिषद का परिषद सदस्य मार्क टी एवेनीले महिला दिवसको शुभकामना दिदै अमेरिका अवसरको भुमि हो भने l उनले १९५० मा मेरो आमा बुवा ईटाली बाट अमेरिका आएको र उनका सन्तान म आज यहाँ परिषद सदस्य भएको छु भने l उनले थप जानकारी दिदै बिशेष गरि युवा वर्गलाई ठुलो मौका पाउने छन् भन्दै यस्तो अवसर नेपाली समुदायले पनि पाउने बताए l

प्रतिक्रिया