चेपाङ संरक्षण अक्षय कोषलाई एक लाख

इनेप्लिज २०७२ फागुन २२ गते १२:३१ मा प्रकाशित

DSC00489

चितवन २२ फागुन
गामवेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित अक्षय कोषमा एक लाख रुपैया सहयोग प्राप्त भएको छ । केन्द्रमा आश्रित चेपाङ वालवालिकाको दीर्घकालिन भरण पोषणको लागि स्थापना गरिएको सो कोषमा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछानेले एक लाख रुपैया सहयोग गरेका हुन । केन्द्रमा शनिवार आयोजित एक कार्यक्रममा लामिछानेले केन्द्रका अध्यक्ष केपिकिरण लामिछानेलाई हस्तान्तरण गरेका थिए । लामिछाने केन्द्रलाई स्थापनाकाल देखि निरन्तर विभिन्न किसिमका सहयोग उपलब्ध गराउदै आएका छन । दुई महिना अधि नेपाल प्रहरीका एसएसपी रमेश खरेलले स्थापना गरेको अक्षय कोषमा अहिले सम्म ६ लाख संकलन भईसेको र पाँच करोड संकलन गर्ने लक्ष्य रहेको केन्द्रका अध्यक्ष शर्माले बताए । केन्द्रमा १४० जना चेपाङ वालवालिका आश्रित छन ।

DSC00487

प्रतिक्रिया