चाहियो रे चाहियो रे माया समानुपातिक
घरमा त यसो भन्छन देशै बिबिध जातीक
आन्दोलन हुने भा छ नाताभित्र म के गरु
आरक्षण प्रथालाई यतै निम्त्याउ कि बरु
नाति भन्छ जिबा मेरो मेलो पन्छाई आउदा
दाहिने हात हो छोरो सघाई माग्छ पाउदा
गार्है पर्ने बुहारीमा सामन्जस्य मिलाउन
निदान कसले गर्ने रोग के हो धपाउन
कामको बोझले थाकी घरकी आश गर्दछिन
जोतिएको बुढो गोरु माथि माया ति भर्दछिन
यता जाउँ उता जाउँ कता जाउँ म के गरुँ
काँध माथि छ यो धोक्रो बिसाउन कता झरुँ
भन्दथे घर पो पैले लिपपोत सफा गरि
सुन्दर चट्ट बनाएर देशमा घोटनु खरी
देशको रोग यो पार्टी, पार्टीले कुहिए सरी
घरमा पो छिर्या जस्तो भान हुन्छ कसोगरी
सुन्दथें जति नै बाँडे माया सिध्धिन्न आखिर
खोसाखोस हुँदा आज पुग्न आँट्यो कतातिर
बरु सन्यासी भै जंगल जानु बेश सरासरी
बाड़ीदिन्छु सबैलाई माया मेरो बराबरी
प्रतिक्रिया