चोरीको सुनसहित एक पक्राउ

इनेप्लिज २०७२ फागुन १४ गते १२:०८ मा प्रकाशित

गौशाला, १४ फागुन । महोत्तरी प्रहरीले जिल्लाको बर्दिबासबाट आज चोरीको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाको दमक नगरपालिका–६ बस्ने ३८ वर्षीय मानबहादुर विक रहेको प्र्रहरी निरीक्षक जीवन गिरीले बताउनुभयो ।

इलाका प्र्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्र्रहरी टोलीले बर्दिबास नगरपालिका–१ स्थित कुसुम ज्वेलर्समा कारिगरको काम गर्दै आएका विकलाई चोरीको सुनसहित पक्राउ गरेको हो । बर्दिबास–३ मा डेरा लिएर बसेका र सोही ठाउँमा सुनचाँदीको गहना बनाउने कारखाना खोलेका विकलाई सोही स्थानबाट चोरीका दुई थान सक्कली तिलहरी र अरू गलाइएको सुन गरी जम्मा २५.३२ ग्र्राम सुनसहित पक्राउ गरिएको प्र्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

सुन चोर विकले १५ दिनअघि मोरङ उर्लाबारीको आइतबारेमा साथीसँग मिलेर सुन चोरी गरी फरार भएकामा इप्र्रका उर्लाबारीले विकका अरू साथीलाई पक्राउ गरेको र उनीहरुले नै विक बर्दिबासमा सुनको कारिगरको काम गरिरहेको सूचना दिएका कारण पक्राउ गर्न सकिएको हो ।

सुन चोरीको आरोपमा पक्राउ परेका विकले आफ्नो अपराध सकारेको प्रहरीले बताएको छ । उनलाई आवश्यक कारबाहीका लागि उर्लाबारी मोरङ पठाइँदैछ ।

प्रतिक्रिया