मायाको औषधि लिएर आए गायक सरोज अधिकारी

इनेप्लिज २०७२ फागुन १४ गते ०:२० मा प्रकाशित

saroj adhikari

बिगत छ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आइरहेका युवा गायक सरोज अधिकारीको दोश्रो एल्बम “भावना” चाडै नै बजारमा आउने भएको छ l २०६६ सालमा आफ्नो पहिलो प्रभाव नामक एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा “आज धेरै” भन्ने बोलको गीत टेलिभिजन ,रेडियो अनि संचार माध्यमहरुमा चर्चामा रहेको थियो l सानो उमेर देखि गीत सङ्गीतमा रुचि भएका सरोजलाई परिवारको पनि राम्रो साथ भएकोले प्रगति मार्गमा अगाडी बढी रहेका छन् l

उक्त एल्बमलाई काठमान्डौ रेकर्ड्सले बजारमा ल्याउन लागेको हो । यसमा ५ वटा गीत छन । गायक अधिकारीले ३ वटामा शब्द तथा संगीत पनि आफैले दिएका छन् । यस्तै २ वटामा प्रकाश बश्याल र उर्मिला ढकालको शब्द तथा संगीत रहेको छ । अमेरिकाको टेक्सासका विभिन्न ठाउँमा खिचिएको भिडियो एल्बममा मनन सापकोटा,सुष्मा बोगटी अनि मुख्य बैज्ञानिकको भूमिका भने गायक आफै देखिएका छन् ।

केटालाई कुनै केटी मन परिरहेको हुन्न र एकजना बैज्ञानिकले माया जगाउने औषधिको परिक्षण गर्न खोजिरहेको अबस्थामा सो केटा पाएर उसको साथी मार्फत औषधि खुवाए पश्चात केटी मन पराउन थाल्ने नयाँ कथा बस्तु समेटेर भिडियो तयार गरेका छन ।

भिडियोको मुख्य पत्रलाई कुनै पनि केटि मन नपरी रहेको बेलामा बैज्ञानिकले बनाएको मायाको औषधिलाई प्रयोग गर्ने क्रममा बैज्ञानिकले मुख्य पत्रका साथीलाई दिन पुग्छन l साथीले आफ्नो प्रेमिका द्वारा मुख्य पत्रलाई औषधि खुवाउन लगाउछन l मुख्य पात्रले औषधि प्रयोग पछि कुनै केटि प्रति आकर्षित हुन् पुग्छन l अनि उनि प्रेममा पर्न थाल्छन l प्राय भेटि रहने .घुमफिर गर्न थाल्छन l उनीहरुको यो क्रियाकलाप बैज्ञानिकले अबलोकन गरि रहेका हुन्छन l

यसै क्रममा औषधिको असर सकिए पछि उनले केटीलाई अर्कै रुपमा पाउछन l र आफ्नो मायालुबाट टाडा जान्छन l अनि पहिले घुमफिर गरेका ठाउँमा फेरी एक्लै एक्लै हिड्न थाल्छन l अन्त्यमा मुख्य पत्रलाई मायालुसंग बिताएका दिनहरु समझदा उनै मायालुमा समर्पित हुन् पुग्छन l बैज्ञानिकले पनि आफ्नो प्रयोग सफल भएको महसुस गर्न पुग्छन l

भावना एल्बमको भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस;

 

प्रतिक्रिया