महिला दिवसमा ढाड भाचिएर घाइते भएकीलाई सहयोग

इनेप्लिज २०७२ फागुन ७ गते २२:४६ मा प्रकाशित

himaa magar

गुल्मी रेसुंगा नगरपालिका–१४ बर्ष ३० कि श्रीमती हिमा तङनामी मगर गत भदौ २४ मा साँझ दाउरा बनाउन रूख चढिछिन । तर उनले टेकेको लाछियो, समाएको हाँगो पनि भाँचिएछ । रुखबाट खसेर ढाड र पेटमा गम्भीर चोट लागेछ । ढाडदेखि तलको शरीर नचल्ने भएको छ । अवस्था चिन्ताजनक छ रे । श्रीमान–श्रीमती नै तानसेन–तम्घास सडकखण्डको उर्लेनीमा ढुङ्गा फोर्न जानु र साँझ त्यसैको ज्यालाबाट चुलो जलाउनु उनीहरूको दैनिकी थियो रे । त्यसैबाट दस बर्षकी छोरी उर्लेनी सहित तीन सन्तानको पालनपोषण गरिरहेका थिए रे । १३ बर्षको छोरो भारतमा काम गर्न गएको छ रे । सम्पत्तिका नाममा चारैतिर बाँसले बारेको सानो झुपडी छ । झुपडीवरिपरि खुर्सानी लगाउने ठाउँसम्म छैन रे । हिमा पीडाले चिच्याइरहन्छिन्, ‘मलाई बचाउनुस्, बचाउनुस् ।’ त्यही चीत्कार सुन्न नसकेर बर्ष ३५ का उनकी श्रीमान कृष्णबहादुर तङनामी मगरले एक महिनाअघि विष सेवन गरेछन् । उनलाई छिमेकीहरूले पाल्पा अस्पताल पुर्याएछन् । उनी त बाँचे तर काम गर्न सक्ने अवस्थामा छैनन् रे । श्रीमती बचाउन नसक्ने देखेपछि श्रीमान भएर बाँच्नुको अर्थ नै देखिनँ । त्यसैले विष खाएँ । तर काल आको रहेनछ । मेरो झन् विजोग भो । अब झन् कसरी बाँच्नु ?’ भनेर कृष्णले हारगुहार गरि रहेका रहेछन ।

मार्च ८ बिश्व महिला दिवस पनि हो । त्यस अबसरमा दुइ तिन लाखको करिब एक रोपनी जति बारी किनिदिएर सहयोग गरौँ । यस कार्यमा काहिबाट सहयोग नमिलेपनि मैले आँट गरेँ । हामीले यति गरिदिएपछि हुन् सक्ने सम्म उपचार गर्न सरकारलाई पनि करै लाग्छ । यस पुन्य कार्यमा इच्छुकहरुले मार्च १ सम्म जवाफ पठाउनु हुन् अनुरोध छ ।

प्रतिक्रिया