राष्ट्रिय झन्डा चिनाउन देशव्यापी भ्रमण

इनेप्लिज २०७२ फागुन ५ गते ३:२३ मा प्रकाशित

Nepal-Flagकञ्चनपुर, ५ फागुन । नेपाल र नेपाली राष्ट्रिय झन्डा चिनाउन देशव्यापी भ्रमण थाल्नुभएका भक्तपुरका ६० वर्षीय लक्ष्मीनारायण शिल्पकार आज यहाँ आइपुग्नुभएको छ ।

पाँच महिनाअघिदेखि देशव्यापी यात्रामा निस्कनुभएका शिल्पकारले अहिलेसम्म राष्ट्रिय झन्डा चिनाउनका लागि ३९ जिल्लाको भ्रमण गरिसक्नुभएको छ । राष्ट्रिय झन्डाको रङ र चन्द्रसूर्यको महत्वबारे सर्वसाधारणलाई बुझाउन उहाँले सर्वसाधारणलाई जानकारी दिँदै आउनुभएको छ ।

गत मङ्सिर १ गते उहाँले ताप्लेजुङबाट यात्राको सुरुआत गर्नुभएको थियो । धेरैले राष्ट्रिय झन्डाबारे थाहा नपाएकाले पूर्वपश्चिम उत्तरदक्षिण सबैतिरका बासिन्दालाई जानकारी गराउन यात्रामा निस्केको उहाँले बताउनुभयो । “७५ वटै जिल्लाको भ्रमण गरी राष्ट्रिय झन्डाको महत्व बुझाउने लक्ष्य लिएको छु”–उहाँले भन्नुभयो ।

प्रतिक्रिया