काठमाडौँ, ४ फागुन । महानगरीय प्रहरी परिसर टेकुले विवाह गर्ने भन्दै रकम लिई ठगी गर्ने एक महिलालाई काठमाडौँबाट प्रक्राउ गरेको छ ।
दोलखा माइती घर भई हाल भक्तपुर बस्दै आएकी सिर्जना घिमिरेले लमजुङ भलायखर्क घर भई हाल बालाजु बस्ने लोकनाथ लामिछानेसँग रु ५९ लाख ८३ हजार २ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
घिमिरेले ‘आफू अविवाहित हुँ, मसँग विवाह गरौँ’ भनी सुनका गरगहना बनाउन लगाउने, कहिले फर्निचर किन्न लगाउने, कहिले मोटरसाइकल किन्न लगाउने गरी सो रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया