पर्सा, २ फागुन । पर्साको रामनगरी गाविसमा आज बिहान १ः३० बजे भएको आगलागीमा तीन वटा खपडाको घर जलेर नष्ट भएका छन् ।
वडा नं ६ निवासी नागेन्द्र गिरीको घरमा विद्युत् चुहिएर भएको आगलागीमा छिमेकी रामबाबु गिरी र जोखन सहनीको खपडाको घर समेत जलेर नष्ट भएको हो ।
राति अबेर भएको आगलागीमा परी तीनवटै घरमा रहेका अन्न, लत्ताकपडा र नगद गरी साढे सात लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सशस्त्र प्रहरीको बहुअर्वाभाटा एकाइ र प्रहरी चौकी महुवनका जवानको सहयोगमा दुई घन्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया