डिसीमा सगुनको बिश्वब्यापी समुह गठन

इनेप्लिज २०७२ माघ १७ गते २१:३३ मा प्रकाशित

FullSizeRender (4)

अमेरिकाको डिसी महानगर क्षेत्रमा सन् २०१३ देखि सुरु भएको सामाजिक संजाल सगुनले आज अमेरिकाको डिसी महानगर क्षेत्रमा सगुनलाई अझ बिस्तार तथा व्यापक बनाउने उदेस्यले एक भेलाको आयोजना गरि कोष वृद्धि कार्यक्रमको साथै बिश्वब्यापी समुह गठन गरेको छ l

FullSizeRender (5)

यस समूहले विश्वब्यापी रुपमा र प्रतिष्पर्धामा लैजाने जानकारी संस्थाका सह संस्थापक कबिन सिटौलाले बताए l सगुन नेपालीको पहिचान हो l यसले बिश्व ब्यापी रुपमा नेपालीलाई चिनाउने भएको छ l कार्यक्रममा हे आमा नेपाल तिमिलाई संसारकि राम्री बनाउला बोलको राष्ट्रियताले ओतप्रेत भएको गित सुनाईएको थियो l

FullSizeRender (3)

यसै गरि सह संस्थापक कबिन सिटौलाले सगुनको छोटो परिचय गराउदै संस्थापक गोविन्द गिरिले सगुनलाई कसरि अस्तित्वमा ल्याएको बारेमा प्रकाश पारेका थिए l उपस्थित भएका केहि लगानीकर्ताहरुले किन सगुनमा लगानी गरेको बारेमा विचार राखेका थिए l

FullSizeRender

लगानीकर्ताले संस्थापकले सगुनको धारणा र लक्ष्य बारेमा उत्प्रेरणा गरेकोले सगुनमा लगानी गरेको बारेमा चर्चा उपचर्चा गरेका थिए l लगानी गर्दा जोखिम पनि उठाउनु पर्ने र अब सगुन सहि मार्गमा हिडदै गरेको बारेमा समेत लगानी कर्ताले आफ्नो विचार राखेका थिए l यसै गरि सह संस्थापक कबिन सिटौलाले कसरि लगानी कर्ताहरुले लगानी गरेको बारेमा कथा सुनाएका थिए l

IMG_6831

लगानिकर्ता मध्ये कै डा खेम शर्माले यस्तो अवसर सितिमिति रुपमा नआउने भएकोले सगुनमा लगानी गर्न उत्प्रेरणा गरेका थिए l म नेपाल र नेपालीलाई सहयोग गरेको भन्ने समेत लगानी गरेको चर्चा भएको थियो l सगुनमा लगानीकर्ता रहेका संचारकर्मी राम चन्द्र खरेलले सगुनमा लगानी गर्न शंका तथा उपशंका नगर्न आग्रह समेत गर्दै आफुले कसरि लगानी गरेको बारेमा चाख लाग्दो कथा सुनाएका थिए l

IMG_6816

कसरि सगुनलाई विश्व ब्यापी रुपमा लैजाने बारेमा भावी योजना संस्थापक गोविन्द गिरिले बताएका थिए l सगुनले भूकम्प पिडितलाई सहयोग गरेको श्रब्य दृश्य समेत देखाईएको थियो l संस्थापक गोविन्द गिरीले सगुन सामाजिक संजाल हो भन्दै अरु सामाजिक संजाल भन्दा एक चिज मात्र फरक कमाउने भन्ने फरक बताए l सगुन सरल समेत बनेको उल्लेख गरे l कार्यक्रमको सुरुवात को साथै सगुन बारेमा संक्षेपमा बिशेष जानकारी परशु तिमिल्शिनाले दिएका थिए l

यस बिषयमा बिस्तृत जानकारी लिन सगुन डटकममा थिच्नु होला : www.sagoon.com (http://www.sagoon.com/)

sagoon 3 sagoon 2

IMG_6819 IMG_6791

IMG_6795 IMG_6792 FullSizeRender (2) IMG_6801 IMG_6808 FullSizeRender (1) IMG_6806 IMG_6802 IMG_6809 IMG_6810

IMG_6810 IMG_6809

 

प्रतिक्रिया