इलाम, १६ माघ । प्रेस चौतारी इलामको शुक्रबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले कोकिला ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गणेश अर्याल, सचिवमा ख्याम भुजेल, सहसचिवमा विष्णु भट्टराई र कोषाध्यक्षमा कौशिला राई सर्वसम्मतबाट चयन हुनुभएको छ ।
समितिको सदस्यमा ठाकुर श्रेष्ठ, बलराम बराइली, सन्तोष नेम्वाङ, सुष्मा श्रेष्ठ, भगीरथ भण्डारी र गोपाल दाहाल चयन हुनुभएको छ ।
राजु शिवाको अध्यक्षतामा भएको अधिवेशनमा उपाध्यक्ष गणेश अर्यालले चौतारीको साङ्गठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया