ऋषि धमलालाई एनजेडनेपाल पत्रकारिता पुरस्कार

इनेप्लिज २०७२ माघ १२ गते ७:०० मा प्रकाशित

12096581_1064298003622613_5565943480180065236_n

काठमाडौ, १२ माघ । एनजेडनेपाल डटकमले संसार भरि छरिएर रहेका नेपालको राजनीति र संबिधानको बारे बिशेस चासो राख्ने पाच हजार नेपालीहरु सँग गरेको परामर्श र सुझाबको आधारमा सरकार संबिधानसभा र नेपालको अहिलेको बास्तबिकताको बारे रेडियो, टेलिभिजन, छापाहरु मार्फत जनताहरु सम्म पुर्याउन रातदिन लागिपरेको र बडी समय खर्चेको भन्दै पत्रकार ऋषि धमलालाई एनजेडनेपाल पत्रकारिता पुरस्कार द्वारा सम्मान गर्ने भएको छ.
पचास हजार रुपैयाको उक्त पुरस्कार धमलालाई प्रदान गर्न लागेको कुरा एनजेडनेपालका सम्पदाक केदार चापागाईले बताए । रिपोर्टर्स क्लब नेपालमार्फत नेपाली जनताहरुलाई सूसुचित गर्न र विभिन्न समयमा राष्ट्रिय सहमति कायम गराउन खेलेको महत्वपूर्ण भूमिका उच्च मुल्याङकन गर्दै पत्रकार धमलालाई सम्मान स्वरुप यो पुरस्कार दिन लागिएको हो । नगद राशी सँगै सम्मानपत्र ग्रहण गर्न धमला आउदो महिना न्युजिल्यान्डको क्राइस्टचर्च जाने कार्यक्रम रहेको छ ।
ऋषि धमलालाई नै किन भनेर सोधिएको एक प्रश्नको जबाफ दिदै एनजेडनेपालका संचालक बुद्धि सागर घिमिरेले दुई दशक देखि निरन्तर पत्रकारिता गर्दा सत्ता र प्रतिपक्षका भनाईहरुलाई सन्तुलित रुपमा प्रस्तुत गरी सबैलाई बराबरी स्थान दिने पत्रकारको रुपमा परिचय स्थापित गरिसकेकोले पनि आफूहरुले धमलालाई पुरस्कारको लागि छनौट गरेको बताए ।

प्रतिक्रिया