अमेरिकामा दशक सम्म बिरामी तथा गयल नहुनु अविश्वसनीय

इनेप्लिज २०७२ पुष २० गते १२:२८ मा प्रकाशित

BIJAY THAPA

अमेरिका आएको अस्ति भर्खर जस्तो लाग्दछ l कति छिटो २०१६ मा प्रवेश गरि सकेछौ l नेपाल छोडेर अमेरिका भासिएको २०१६ मा ठिक १० बर्ष पुगेछ l अमेरिका बसाई यति लामो हुदैन होला भन्ने सोचिएको थियो तर त्यो असत्य साबित भयो l

अमेरिका फलिफाप भएको जस्तो लाग्दछ l अमेरिका आउन नै भाग्यमानी,काम पाउनु अझ भाग्यशाली र बिरामी नपर्नु त्यो अझ सौभाग्यशालि l

आफु भाग्यमान यस अर्थमा आफुलाई मान्दछु कि अमेरिका आएको भोलि पल्ट देखि नै जागिरमा घुस्रेको अहिले सम्म त्यहि जागिर यथावत नै छ l अमेरिकामा जागिर पटक पटक खुस्केर हैरान हुने अवस्थामा एकै ठाउँमा एकै जागिर १० बर्ष सम्म टिक्नु नै आश्चर्य हुन्छ l

अमेरिकामा यस्तो संयोग हुन् पनि ठुलो पुर्पुरो लिएर आउनु पर्दो रहेछ l अमेरिका काम गर्ने मानिस पूर्ण स्वस्थ बन्नु पर्छ भन्ने मान्यतालाई प्राथमिकता दिईयो l नेपालमा जस्तो स्वास्थ्यमा खेलबाड गर्ने हैन भन्दै देखा जाएगा भन्ने हिन्दि उखानलाई किनारा लगाइयो l

पंक्तिकार स्वस्थ प्रति अत्यन्तै संबेदनशिल भएको हुदा झन्डै एक दशक देखि गरिदै आएको योगाको करामतको कारण अहिले सम्म स्वास्थ्यमा धोका भएन l काममा प्रारम्भिक चरणमा सामान्य पिडुला फर्कनु ,साधारण टाउको दुख्ने ,शरीर दुख्ने अतिरिक्त अन्य कुनै रोगले च्यापेर दुख पाएको अभिलेख छैन l

योगगुरु बाबा रामदेवको योग अभ्यासले एकै दिन पनि शरीर कमजोरी हुन् पाएन l आफु अनुपस्थित भै काममा कुनै बाधा अड्चन हुन् पुगेन l कार्यालयले दिने बिदा बाहेक आफुले एक दशक सम्म कहिले पनि बिदा लिनु पर्ने अवस्था आई लागेन l शरीर गल्यो तथा आज बिरामी परे भनि जागिर खाए देखि १० बर्ष सम्म कहिले भन्नु परेन l स्वस्थबर्धक चिज खानेले गर्दा एक दशक सम्म एक दिन पनि हाकिमलाई दुखि बनाउनु परेन l

एक दशक सम्म अधिकांसले बिरामी बिदा ठोके l कैयौ गयल भए l कैयौ पटक कर्मचारीले संचार माध्यम बाट आफु बिरामी भएकोले आफु अनुपस्थिति हुने जानकारी पनि गराए l तर एक दशक सम्म आफु कहिले गयल नहुदा अन्य कर्मचारीको मष्तिस्क खल्बलियो l ज्याद्रो शरीर भनि गिज्याए l

कमाउने मानिसले बिरामी हुनु हुदैन भन्ने मान्यता रहेको यस्तो हुन् पुगेको हो भन्ने ठाने l ब्यबहारमा उतार्ने प्रयास गरेकोले त्यो सम्भव भयो l हेलचक्राई गर्यो भने बिरामी परि थला परिन्छ भन्ने सोचले अलिक मस्तिस्क चलाएको कारण शरीरमा कुनै बाह्य किटाणुले प्रवेश गर्न पाएन l नेपालमा हुदा कहिलेकाही बिरामी पर्ने यो पंक्तिकार अमेरिकामा त्यो टरेर गयो l

खाने कुरामा परहेज गरेकोले १० बर्ष सम्म शरीरमा कुनै संक्रमण हुन् पाएन l शरीरमा प्रतिरोधात्मक शक्तिको कारण देहलाई चानचुने किटाणुले आक्रमण गर्न भ्याएन l

यस्तो हुन् पनि भाग्य नै चाहिन्छ जस्तो आफुलाई लागेको छ l तर बैज्ञानिक र बिज्ञानको कुरामा प्रवेस गर्दा नियमित कसरत तथा ब्यायामको कारण केहि हुन् नसकेको होला भन्ने आफुलाई लागेको छ l तर उमेर बढ्ने क्रम भएकोले १० बर्ष सम्म कुनै बिरामी नभएता पनि अझ पनि शरीर त्यस्तै होला भन्ने सोचाई राखेको छैन l तर स्वस्थ हुन् नियमित कसरत र योगा गर्न सके शरीर अझ एक दुई दशक स्वस्थ नै हुइञ्छ भन्ने आफुलाई विश्वास लागेको छ l

१० बर्ष सम्म कुनै पनि भै परि बिदा नलिनु ,बिरामी बिदाको दरखास्त नदिनु र १० बर्ष सम्म एक दिन पनि पाउने सुबिधा बिदा बाहेक बिरामी बिदा नलिनु नै ठुलो भन्दा महा ठुलो कुरा भन्दा पनि फरक नपर्ला l र त्यो भन्दा पनि ठुलो कुरा एक दशकमा एक दिन पनि काममा अनुपस्थित नहुनु नै ठुलो कुरा जस्तो लाग्दछ l

यसो भनेको भोलि पल्ट देखि नै फेरी रोगले च्याप्ने हुन् पनि सक्दछ l भोलि कसैले देखेको छैन भन्ने उखान छ l ईश्वर संग यहि प्रार्थना छ कि कहिले अस्वस्थ्य हुनु नपरोस l जीवनचक्र चलुन्जेल यस्तै कहिले गयल नहुनु परोस l कहिले बिरामीको बि पनि नहुनु परोस l

अमेरिकामा दशक सम्म बिरामी तथा गयल नहुनु अविश्वसनीय कुरा हुन्छ l आफुले जानी नजानी १० बर्ष सम्म गरेको यो तपस्याको परिणाम कतै आफुले किर्तिमान त कायम गरिन भन्ने पो लागेको छ ? किर्तिमान नभई के हो त ? दाबी गरौ कि कसो हजुर ?

प्रतिक्रिया