रामकेशर बोगटी चलचित्र कलाकार संघको अध्यक्ष पदमा चुनिएका छन् । उनी लय संग्रौलालाई हराउँदै अध्यक्षमा चयन भएका हुन् । कुल ५६६ मतदातामध्ये ४०९ ले मात्र मतदान गर्दा बोगटीको पक्षमा २३८ र संग्रौलाको पक्षमा जम्मा १६० मत परेको थियो । त्यस्तै २७७ मत पाएर सानु ताम्राकार र १८१ मत पाएर रेजिना उप्रेती दुई उपाध्यक्ष पदमा चुनिए । महासचिवमा सरिता लामिछाने २२५ मतले विजयी हुँदा सचिव पदमा चेतबहादुर सिंहले १९६ मत पाए । कोषाध्यक्ष पदका लागि २०४ मत पाउँदै बिमला केसी विजयी बनेकी छिन्। नन्दिता केसी सहकोषाध्यक्ष पदमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
https://www.youtube.com/watch?v=n_GYBdxS1Eg
प्रतिक्रिया