Super Hit Dohori Songs Bhun Bhun Garne Bhamaraले फूलको रस खाने Anita Chalaune & Jitesh Thapa

इनेप्लिज २०७२ मंसिर २५ गते २:२३ मा प्रकाशित

thumb

नेपाली लोक तथा दोहोरी क्षेत्रमा शंकर बिसी र पार्वती राईलाई नचिन्ने सायदै कोही हुनुहुन्छ होला । एक दशक भन्दा लामो समय देखी अभिनय तथा निर्देशकको रुपमा आफुलाई परीचित गराई रहेका शंकर बिसी लोक दोहोरी बाहेक अन्य गीत संगीतका क्षेत्रमा पनि संलग्न रहेका छन । थुप्रै चलचित्रमा समेत नृत्य निर्देशकको रुपमा आफ्नो काम प्रस्तुत गरिसकेका शंकर बिनाको लोक दोहोरी नुन बिनाको तरकारीको रुपमा समेत लिने गरिन्थ्यो । तेस्तै अर्की नायिका तथा मोडल पार्वती राई जो छमछमीमा उत्कृष्ट हुन नसके पनि नेपाली लोक दोहोरिको क्षेत्रमा राज गर्न सफल भएकी छिन । अहिले उनी एक उत्कृष्ट मोडलको रुपमा आफुलाई यो क्षेत्रमा चिनाउन सफल भएकी छिन । प्रायजसो लोक दोहोरी गीतका भिडियोमा हामीले पार्वतीलाई नै देख्न सक्छौ !

त्यस्तो समय पनि थियो जतिबेला लोक दोहोरी क्षेत्रमा शंकर बिसी र पार्वती राई बिनाको भिडियो बजारमा आउँदा दर्शकको साथ तेती पाउदैनथियो । दर्शकको साथ र माया पाउनकै लागि र गीत चल्नकै लागि उक्त गीतको भिडियोमा शंकर बिसी र पार्वती राईको आबस्यकता पर्नेगर्थ्यो । शंकर बि सि र पार्बती राई जो नेपाली लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरेर अग्रपंक्तिमा आएका नायक नायिका हुन । अझ भन्ने हो भने लोकदोहोरिका राजा रानीको रुपमा पनि लिने गरिन्छ उनिहरुलाई । उनिहरुले एकैसाथ भिडियोमा काम गरिसकेका छन र प्रायजसो सबै भिडियो चर्चामै छन । तर पछिल्लो समयमा यि दुई बिच केही बिबाद भएकै कारण एकैसाथ भिडियो नखेन्ल्नु मात्र होइन केही समय सम्म बोलचाल सम्म नै बन्द भएको थियो । एकछत्र राज गरिरहेका र हरेक जसो भिडियो चर्चित भईरहेकै बेला उनिहरु बिच देखिएको बिवादले लोक दोहोरिको क्षेत्रमा केही समस्या भने ल्याएकै हो । उनिहरुको जोडी छुट्टीए लगत्तै लोक दोहोरी क्षेत्र नुन बिनाको तरकारी जस्तो अझ भनौ माउ बिनाको चल्ला जस्तो भएकै हो । यस बिचमा धेरै मोडेलहरुको प्रबेश भएपनि यो जोडीको जस्तॊ भने कसैले धान्न सकेन । सो बिषय पछाडि धेरै टिका टिप्पणी नभएका पनि होइनन । धेरैले धेरै कुराहरु गरेका थिए उनिहरुका बारे । यो जोडीलाई फेरी एकैसाथ भिडियोमा देख्न पाईएला भन्ने लोक दोहोरिका दर्शक / श्रोता र सोही क्षेत्रमा लागिरहेका अन्य कलाकार कोही कसैले पनि सोचेका थिएनन । तर उनिहरु पुन: एकैसाथ एउटै भिडियोमा देखिएका छन !
बागिना डिजिटल प्रालीमार्फत बजारमा आएको गायिका अनिता चलाउने र जितेश थापाको ;भुनभुन गर्ने भमराले फुलको रस खाने ; बोलको लोक दोहोरी गीत मार्फत यो जोडिले काम सुरु गरेको हो । यो गीतमा शब्द संगीत सहदेव कोईराला को रहेको छ । शंकर बि सी र पार्वती राई लाई एउटै भिडियोमा खेलाउने गायीका अनिताको रहर पुरा भएको छ । गायीका अनिता लाई एकदमै मन पर्ने जोडी भएकाले पनी करिब ढेड बर्ष को लामो अन्तराल पछी बोल चाल बन्द भए पस्चात पहिलो पटक गयीका ले आफ्नै गीत मा खेलाउने मौका पाईन लामो समय पश्चात पुन: एकैपटक भिडियोमा काम सुरु गरेकोमा र भोलिका दिनमा समेत यसैगरी यो जोडी निरन्तर रुपमा फेरी पहिले जस्तै अघी बढोस हाम्रो तर्फबाट शुभकामना ।

प्रतिक्रिया