वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म ,संस्कृति र भाषाको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजको गत बर्ष २०१४ मा नेपाली समुदायका बालबालिकाहरुका लागि संचालनमा रहेको नेपाली भाषा कक्षाको बार्षिक परीक्षा सम्पन्न भएको छ l
डिसेम्बर २८ ,२०१४ देखि संचालनमा रहेको उक्त निसुल्क नेपाली भाषा कक्षा भर्जिनियाको सेन्टर भिलको एक सामुदायिक भवनमा संचालनमा रहेको थियो l गत डिसेम्बर ६ तारिख आईतबारको दिन बार्षिक परीक्षा पश्च्यात विभिन्न परिकारका खाने कुराहरुको समेत व्यवस्था गरिएको थियो l
कार्यक्रममा डिसी नेपाली समाजका सचिब कमल पोखरेलले सबै अभिभावक तथा बिद्यार्थीलाई संस्थालाई अवसर प्रदान तथा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका थिए l उक्त भाषा कक्षा संस्थाका उपाध्यक्ष दधिराम ढुंगानाको संयोजनमा संचालन भएको थियो भने कक्षाको प्रमुख प्रशिक्षक हरि कृष्ण पुडासैनी रहनु भएको थियो
अन्तिम परीक्षा मा सहभागी हुने बिद्यार्थी तथा अभिभावकहरु भाव बिभोर भएका थिए भने संयोजक दधि ढुंगानाले नेपाली बालबालिकाले दैनिक रुपमा नेपाली र अंग्रेजी भाषा ,संस्कृति ,खाना ,साथी तथा अभिभावक संग व्यवस्थापन गर्नु कति कठिन छ भन्ने कुराको बर्णन गरेका थिए l
यसको साथै ढुंगानाले भाषा कक्षाले सो व्यवस्थापनमा सिप र विकासमा सहयोग पुर्याउने कुरा अभिव्यक्त गरे l र अन्तिम परीक्षा को साथै नेपाली कक्षा संचालन गर्न अर्को सामुदायिक भवन फेला नहुन्जेल डिसेम्बर ६ तारिख देखि नै लागु हुने गरि स्थगित गर्न बाध्य भएको समाजले जनाएको छन् l
तर पनि अभिभावक तथा बिद्यार्थीलाई चाहिएको कुनै पनि सहयोग गर्न समाज सम्पर्कमा रहने र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ l ढुंगानाले संस्था संग सबैको सम्पर्क ठेगाना रहेकोले भबिष्यमा केहि भएमा सम्पर्क गर्ने योजना समेत रहेको बताए l
भाषा कक्षा संचालन सुरुको सुरुको दिन नेपाली भाषा सिक्ने बिद्यार्थीहरुको संख्या उल्लेखनीय रहेको थियो भने भाषा कक्षा संचालन गर्न संस्था कै अभिभावकहरुले पालै पालो स्वयम् सेवक रुपमा पढाउने गरेका थिए l हरेक आईतबार बिहान १० बजे देखि १२ बजे सम्म पढाईने गरिएको थियो l
प्रतिक्रिया