सिलिण्डर बिस्फोटमा घाइते भएका एकको मृत्यु

इनेप्लिज २०७२ मंसिर ९ गते १४:५८ मा प्रकाशित

gas_blast_904606338रौतहट, ९ मङ्सिर । गरुडा नगरपालिकास्थित साप्ताहिक हाट बजारमा ग्यास सिलिण्डर बिस्फोटमा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ ।

साप्ताहिक हाट बजारमा बसेका बेला मङ्गलबार दिउँसो ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएकी गरुडा नगरपालिका–२ वस्ने ५० वर्षीय शान्तिदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।

उनलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया