विश्वासको वातावरण टुटेको छ: अध्यक्ष यादव

इनेप्लिज २०७१ माघ २५ गते ९:१० मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYविराटनगर, २५ माघ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकतम सहमतिमा सबैले मान्न सक्ने गरी संविधान निर्माण हुनुपर्ने धारणा राख्नु भएको छ ।

यहाँ आफ्नो निवासमा आज पत्रकारसँग भेटघाटका क्रममा उहाँले विगतका सहमति नमान्ने र अब पनि सहमतिमा नचल्ने सत्तापक्षको प्रवृतिले विश्वासको वातावरण टुटेको धारणा राख्नु भयो ।

अध्यक्ष यादवले विगतमा मधेसी मोर्चा, एकीकृत नेकपा (माओवादी) र आदिवासी जनजातिलगायतसँग गरिएका सम्झौतालाई नयाँ संविधानमा राख्ने र सहमतिमै संविधान बनाउने सत्तापक्षले प्रतिबद्धता प्रकट गरेको अवस्थामा मात्र वार्ताको वातावरण बन्नसक्ने विचार प्रकट गर्नुभयो ।

प्रतिक्रिया