अरिङ्गालले चिलेर मृत्यु
इनेप्लिज
२०७२ कार्तिक १८ गते १४:४६ मा प्रकाशित
दोलखा, १८ कात्तिक । दोलखाको खोपाचाँगु गाविस–३ की फूलमाया खत्रीको अरिङ्गालले चिलेर आज मृत्यु भएको छ ।
बाख्रा चराउन जाँदा अरिङ्गालले चिलेर मृत्यु भएको हो । उहाँलाई उपचारका लागि काठमाडौँ लादै गर्दा बाटैमा मृत्यु भएको परिवारजनले बताएका छन् ।
प्रतिक्रिया